ताजा समाचार

फिलिपिन्समा सरकारका तर्फबाट युद्धविरामको घोषणा हुदै

download

मनिला, ४ भदौ । फिलिपिन्सको सरकारले शनिबार सरकारका तर्फबाट युद्धविरामको घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ ।

फिलिपिन्सको कम्युनिष्ट विद्रोही समूह, मोरो स्लामिक लिबरेशन फन्टले गएरातिदेखि लागू हुनेगरी युद्धविरामको घोषणा गरेको छ । विद्रोहीका तर्फबाट गरिएको सो युद्धविरामको पालना भइरहेको पाइएको सरकारले जनाएको छ ।

त्यसैले पनि सम्वभत शनिबार नै सो युद्धविरामको घोषणा हुने अपेक्षा गरिएको पछिल्लो समाचारमा जनाइएको छ । सरकार र उक्त विद्रोही समूहबीच शान्ति प्रक्रिया सुरु हुन लागेको बताइएका बेला आज नै सरकारले युद्धविरामको घेषणको तयारी गरिरहेको समाचार आएको छ ।

यसअघि शुक्रबार मात्र पनि जेलमा रहेका दुइजना वरिष्ठ कम्युनिष्ट विद्रोही नेतालाई सरकारले जेलमुक्त गरिदिएको समाचार आएको थियो ।

शुक्रबार जेलमुक्त भएका ती दुई जना नेता फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीका वरिष्ठ नेता हुन् । उनीहरुलाई शुक्रबार नै मुक्त गरिएकोले पनि वार्ताको वातावरण राम्रो बन्दै गएको अधिकारीले जनाएका छन् ।

ती दुई जना नेताको रिहाइपछि विद्रोही कम्युनिष्ट पार्टीले उक्त निर्णयको स्वागत गरेको छ । सो समूहले जेलमुक्त भएका तिनै नेताहरुलाई नै विद्रोही पक्षको वार्ता समितिमा राख्ने तयारी गरिरहेको जानकारी पनि दिएको छ ।

उक्त समूहबीच यसअघि भएको शान्ति सम्झौताको कार्यान्वयनका लागि हालै एक सम्झौता भएको थियो । गएको शनिबारबाट नै सो सम्झौता लागू भएको बताइएको छ । उक्त सम्झौताबमोजिम नै विद्रोहीले गएको शनिबारदेखि आफ्ना तर्फबाट युद्धविराम गरेका थिए ।

प्राप्त समाचारमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले शनिबार साँझसम्ममा सरकारका तर्फबाट युद्धविरामको घोषणा गर्ने र त्यसपछि शान्ति वार्ताको सफलताका लागि आह्वान गर्ने तयारी गर्नुभएको जनाइएको छ ।

मलेसियाको सहयोग र समन्वयमा सन् २०१४ मा उक्त विद्रोही समूह र सरकारबीच शान्ति वार्ता भएको थियो तर त्यसले सफलता भने प्राप्त गर्न सकेको थिएन ।

शनिबारबाट यहाँको विद्रोहीले युद्धविरामको घोषणा गरेका थिए भने शुक्रबार उक्त कम्युनिष्ट पार्टीका दुई जना बरिष्ठ नेतालाई रिहा गरिएपछि वार्ताको वातावरण थप मजबुद बन्दै गएको अपेक्षा गरिएको विश्लेषकहरुको भनाई छ ।

सरकारी वार्ता टोली र विद्रोहीपक्षबीचको वार्ता यही अगष्ट २२ देखि २६ सम्म नर्वेको राजधानी ओश्लोमा हुने जानकारी यसअघि नै सार्वजनिक गरिएको थियो । रासस÷सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org