ताजा समाचार

जापानमा ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुुस

vue-aerienne-bigटोकियो, ५ भदौ । जापानको उत्तरपश्चिम सामुद्रीक इलाकामा शनिबार ६.० म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको जापानको मेटेरियोलोजिकल एजेन्सीले बताएको छ ।

स्थानीय समयअनुसार ६ बजेर १ मिनेटको समयमा उत्तरपश्चिम जिल्ला मियागीमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति भएका खवर प्राप्त भै नसकेका स्थानीय सञ्चार माध्ययमले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु ४०.३ डिग्री उत्तरी अक्षांश र १४३.९ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराईमा रहेको बताइएको छ ।

जापानको होकाइदो, मियागो, अकिता र यमगाटा क्षेत्रमा भूकम्पपीय धक्का महसुस भएपछि घर र अफिसभित्र काम गरिरहेका मानिसबीच केहीबेर भागदौड मच्चिएको थियो ।

भूकम्पपछि सुनामी आउने सम्भावनाबारे जापानी मौसम विभाग तथा सरकारले कुनै चेतावनी भने दिएको छैन । – सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org