ताजा समाचार

फिलिपिन्सका राष्ट्रपतिद्धारा चिनियाँ सहयोगको सराहना

images

मनिला, ५ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले लागूऔषधको अवैध प्रयोग र ओसारपसारका विरुद्धमा चीनले गरेको सहयोगको सराहना गर्नुभएको छ ।

फिलिपिन्सको सरकारले लागू औषधका विरुद्धमा जारी राखेको लागूऔषधको अवैध रुपमा गरिने ओसारपसार लगायतका क्षेत्रमा चीनले पुर्याएको सहयोगको सराहना गर्दछु, उहाँले भन्नुभयो ।

आइतबार बिहानै फिलिपिन्सको दाभायो सहरमा आयोजना गरिएको एक पत्रकार सम्मेलनका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

यस विषय फिलिपिन्समा एक गम्भीर विषय भएकोले यसको सहयोगका लागि विश्वका अरु पनि कैयौं देशले सहयोगको अपेक्षा गरेकोमा हालैका दिनमा चीनको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको पनि राष्ट्रपति डुटेर्तेले जनाउनुभयो ।

अवैध किसीमले लागू औषधको ओसारपसारका कारण फिलिपिन्समा यसले भ्रष्टाचार र आपराधिक क्रियाकलापमा बढावा दिइरहेको छ भन्दै उहाँले आगामी दिनमा यस्ता सबै क्रियाकलापलाई निर्मूल पार्ने प्रण पनि गर्नुभयो ।

यो लागू औषधको अवैध ओसारपसारको जालो देशका राजनीतिक नेता, प्रहरी, कर्मचारी र यहाँसम्म कि न्यायाधीशसम्ममा पनि पुगेको चर्चा उहाँले गर्नुभयो ।

यस्तो जालो तोड्नका लागि सरकार सशक्त रुपमा लागिपर्ने भन्दै उहाँले आगामी दिनमा यस्ता क्रियाकलापहरुलाई कुनै पनि हालतमा निस्तेजा पारिने पनि उहाँले बताउनुभयो । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org