ताजा समाचार

टर्कीमा विवाह समारोहनजिक आत्मघाती विष्फोट हुँदा २२ जनाको मृत्यु

1471741280turkey

काठमाडौं, भदौ ५ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन् ।

गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा अरु ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको सरकारले जनाएको छ ।

यो सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन् ।

यसअघि मे मा गराइएको आत्मघाती आक्रमणमा दुई प्रहरी मारिएका थिए । टर्कीका पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org