ताजा समाचार

थाइल्याण्डका आक्रमणकारी मुस्लिम समुदाय : प्रहरी

336808-ThailandIsraelIranBangkokattack-1329288932-517-640x480बैंकक, ७ भदौ । थाइल्याण्डमा गएको हप्ता भएका शृङ्खलाबद्ध बम आक्रमणकारीमा यहाँको दक्षिणी क्षेत्रमा हिंसात्मक विद्रोही गरिरहेका मुस्लिम नागरिक रहेको पाइएको प्रहरीको भनाइ छ ।

सो आक्रमणका आरोपीलाई खोज्ने क्रममा थाइ प्रहरीले सो जानकारी सोमबार बाहिर ल्याएको हो । आक्रमणकारी खोजी अभियानलाई तीब्राता दिएको छ र केही दिन अघि प्रहरीले कम्तीमा २५ जनालाई पक्राउ गरिसकेको पनि जनाएको थियो ।

प्रहरीले दिएको जानकारी अुनसार गतहप्ता एकैदिन विभिन्न ११ स्थानमा बम हमला गर्नेमा यहाँको दक्षिणी भू–भागमा बस्दै आएका अल्पसङ्ख्यक मुस्लिम नागरिक पाइएको देखिएको छ ।

खोजीका क्रममा कैयौँलाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा राखिएको र उनीहरुसँग बयान लिइरहेको प्रहरीले जानकारी दिइएको छ ।

विभिन्न पाँच वटा जिल्लामा सो आक्रमण एकै पटक गरिएको थियो । सो हमलामा चार जनाको ज्यान जानुका साथै ३० जनाभन्दा बढी घाइते भएका थिए ।

उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् । आक्रमणमा आइएसको हात रहेका बताइएको थियो ।

थाइल्याण्डजस्तो पर्यटन व्यवसायको मुख्य आर्थिक आधार भएको देशमा यस प्रकारको बम हमलाबाट त्रास फैलिएको भन्दै थाइ सेनाले नै अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

थाई प्रहरी प्रमुख चकथिप चइन्दाले सोमबार बैंककमा आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानका क्रममा हमलामा दक्षिणी भू–भागका मुस्लिम समुदायको हात रहेको पनि प्रमाणहरु भेटिएको जानकारी दिनुभयो ।

आक्रमण द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा नै बढी भएको थियो । ती आक्रमण आतङ्ककारी आक्रमण नभएको थाई सरकारले यस अघिदेखि नै बताउँदै आएपनि दक्षिणका मुस्लिमको सम्भावना भने नकारेको थिएन ।

अहिलेसम्म कसैले पनि सो आक्रमणको जिम्मेवारी लिएको छैन । – सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org