ताजा समाचार

‘म्यानमारको शान्ति वार्ता वानको उपस्थितिमा हुने’

ban-ki_moonयाङ्गोन (म्यानमार), ८ भदौ । म्यान्मारमा जातिवादी विभिन्न समूहसँग आगामी हप्ता हुने शान्ति वार्तामा संयुक्त राष्ट्र सङ्घका महासचिव वान कि मुन पनि उपस्थित हुनुहुने म्यानमारका सरकारी अधिकारीले मङ्गलबार बताएका छन् ।

म्यानमारमा दशकाँै लामो अल्पसंख्यक जनजाति समूहसँग सशस्त्र द्वन्द्व अन्त्य गरी स्थायी शान्तिका लागि गरिएको प्रयासको संयुक्त राष्ट्र सङ्घले प्रशंशा गर्दै आएको छ ।

महासचिव वानद्वारा म्यानमारको शान्ति प्रयासमा आफूले सहभागिता जनाउन चाहेको भनी इच्छा प्रकट गरेपछि म्यानमार सरकारले वार्तामा महासचिव वानलाई बोलाउने निर्णय गरी औपचारिक पत्राचार गरेको म्यानमारका उच्च अधिकारीले बताए ।

‘एक्काइसौँ सताब्दीको प्याङलोङ सम्मलेन’ नाम दिइएको शान्ति वार्तामा वान आउन चाहेको भनी एक राष्ट्र सङ्घका प्रतिनिधिले बताएपछि सरकारले औपचारिक रुपमा वार्तामा सहभागी भइदिन निम्तो पठाएको म्यानमारका राष्ट्रपतिका कार्यालयका उपनिर्देशक जाब हतायले बताउनुभयो ।

म्यानमारको राजधानी न्यापितमा अगस्ट ३१ मा सुरु हुने शान्ति वार्तामा वानलाई सहभागी हुन पठाउन राष्ट्र सङ्घले छिट्टै निर्णय लिनेमा म्यानमार सरकार विस्वस्त रहेको हतायले बताउनुभयो ।

यदि वान वार्तामा सहभागी हुनुभएमा यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीको नेशलन लिग फर डेमोक्रेसी पार्टीले सेनाद्वारा संरक्षण प्राप्त सरकारलाई यही मार्चमा प्रतिस्थापन गरेपछिको पहिलो भ्रमण हुनेछ ।

वानले यसअघि सन् २०१४ को नोभेम्बरमा म्यानमारको भ्रमण गर्नुभएको थियो । – एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org