ताजा समाचार

अमेरिकन विश्वविद्यालयमा आक्रमण हुँदा १३ को मृत्यु

American-University
काठमाडौं,९ भदौ । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये ७ विद्यार्थी रहेको काबुल प्रहरीले जनाएको छ ।

यसका साथै अफगानिस्तान सुरक्षाबलले हमलाको दस घण्टापछि विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारीलाई मारेको छ ।

आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org