ट्युनिसियामा सडक दुर्घटनाबाट कम्तिमा चौधको मृत्यु
ट्युनिस (ट्युनिसिया), १६ भदौ । ट्युनिसियामा बुधबार भएको सडक दुर्घटनामा कम्तिमा १४ जनाको मृत्यु भएको ट्युनिस गृह मन्त्रालयले जनाएको छ ।
उक्त दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
एउटा मिनीट्रक बससँग ठक्कर खाँदा बुधबार बिहान मध्य ट्युनिसियाको कासेराइन क्षेत्र नजिकै उक्त दुर्घटना भएको र दुर्घटनाका कारण १५ वटा कारमा समेत आगलागी भएको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट ट्रक चालकले आफ्नो गाडीलाई रोक्न नसकेपछि बसमा ठक्कर खान पुगेको थियो । ट्रकले बस र सडकमा गुडिरहेका अन्य गाडीमा समेत धक्का दिएकोे बताइएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक स्रोतमा घटनास्थलमा आगोको मुस्लो निस्केको दृश्य देखाइएको थियो भने राष्ट्रिय टेलिभिजनले जलेको अवस्थाका कार तथा अन्य गाडीलाई देखाएको थियो ।
सन् २०१६ को जनवरीदेखि मेसम्ममा एक करोड ११ लाख जनसङ्ख्या भएको उत्तर अफ्रिकी राष्ट्र ट्युनिसियामा ५२८ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाएका छन् । – एएफपी
Comments
अरु समाचार
-
टिकटकले हटायो छ हजार ७८ भिडियो
काठमाडौँ : टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
टिकटक माथिकाे प्रतिबन्ध हटाउन इन्टरनेट सेवाप्रदायकलाई दूरसञ्चारकाे निर्देशन
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित...
-
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौं । हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...