ताजा समाचार

खाना पकाउने ग्यासको मूल्य घट्यो

lp Gassकाठमाडौं, १७ भदौ । नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ ।

आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो । खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताउनुभयो ।

निगमलाई बिहीबारसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु १११ नाफा थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org