ताजा समाचार

जनताको बचत सुरक्षित गर्नुस् : गभर्नर

C-N

काठमाडौँ, १७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनताको बचत सुरक्षित राख्न नसक्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताउनुभएको छ ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले नाफाका लागि खोलिने निजी कम्पनीले जस्तो जनताको पैसामा खुलेका बैंक तथा वित्तीय संस्थाले गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

“जनताको रकम बैंकले सुरक्षित गर्नुपर्छ, अन्यथा बैंक तथा वित्तीय संस्थाको विश्वसनीयता नै खराब हुन्छ,” उहाँले भन्नुभयो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ पारितसँगै केन्द्रीय बैंकको भूमिका अझै सबल भएको भन्दै वित्तीय अनुशासनलाई ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक एकापसमा गाभिएर भिबोर सोसाइटी डेभलपमेन्ट बैंक बनेको छ । हाल बैंकको रु एक अर्ब ८१ करोड पँुजी पुगेको सो बैंकका कार्यकारी अधिकृत झलक खनालले जानकारी दिनुभयो । हाल बैंकले रु १४ अर्ब निक्षेप सङ्कलन गरेको छ भने रु ११ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको एक लाख ५० हजार ग्राहक छन् भने विभिन्न ४२ शाखाबाट आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org