ताजा समाचार

धेरै कमाउने सूचीमा शाहरुख, अमिताभ, सलमान र अक्षय

shahrukhkhan-12-1470992583न्यूयोर्क । अमेरिकाको प्रसिद्ध पत्रिका फोबर्सले बलिवुडका सुपरस्टारहरु शाहरूख खान, अमिताभ बच्चन, सलमान खान र अक्षय कुमारलाई विश्वका कलाकारमध्ये धेरै पारिश्रमिक पाउनेको सूचीमा राखेको छ ।

उनीहरुको पारिश्रमिक हलिवुडका दिग्गज कलाकार राबर्ट डाउनी जूनियर र ब्रैड पिटको पारिश्रमिक बराबर हो । फोबर्सको सूचीमा रेस्लरबाट अभिनेता बनेका ड्वेन जानसन धेरै पारिश्रमिक कमाउने कलाकारहरुको सूचीको शीर्ष स्थानमा छन् ।

‘दिलवाले दुल्हनिया ले जाएँगे’देखि ‘चक दे इंडिया’ जस्ता फिल्ममा काम गरेका शाहरूख खान ‘वल्र्डस हाइएस्ट पेड एक्टर्स २०१६’को २० अभिनेताहरुको सूचीमा ८औँ स्थानमा छन् । शाहरुखले ३.३ करोड डलर कमाईका साथ ‘आयरन म्यान’ डाउनी जूनियर शाहरूखसँगै सूचीमा रहेका छन् ।

अक्षय कुमार ३.१५ करोड डलर कमाईका साथ हलिवुडको सबैभन्दा आकर्षक ब्रैड पिटको साथ १०औँ स्थानमा रहेका छन् । सूची अनुसार २.८५ करोड डलरको कमाईका साथ ‘बजरंगी भाईजान’ सलमान खान १४औँ स्थानमा छन् ।

सलमानसँगै अस्कर विजेता अभिनेता लियोनाडरे डिकैप्रियो भन्दा एक स्थान अगाडि छन् । डिकैप्रियो २.७ करोड डलर कमाईका साथ १५औँ स्थानमा छन् । २.०५ करोड डलर कमाईका साथ ‘इंडिपेंडेंस डे’का कलाकार विल स्मिथ १७औँ स्थानमा छन् । एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org