ताजा समाचार

गीतकार बानियाँद्वारा गायन र निर्देशन गरिएको एल्वम बजारमा

ffssaa

न्युज-नेपाल संवाददाता/काठमाडौं, २१ भदौ । बिगत लामो समयदेखि शब्द लेखेर चर्चामा आएका गीतकार सन्तोष बानियाँको अर्को परिचय पनि थपिएको छ । गोरखा चौतारी म्युजिक प्रा.लि मार्फत् बजारमा आएको ध्रुब गुरुङ्गको गीत ‘ओइलिएको फूललाई शिरमा सजाउछ र कोले’ मार्फत् गीतकार बानियाँ गायक र निर्देशक बनेका छन् ।

दर्जन गीतमा शब्द कोरिसकेका बानियाँको यो पहिलो भिडियो निर्देशन हो । मलेसियाको पुत्रजयामा सुजन न्यौपानेले छाँयाङ्कन  गरेका हुन भने  सुजन शाहीले सम्पादन गरेका छन् । ध्रुब गुरुङ्ग र रिम्सा रार्इको अभिनय रहेको भिडियोमा चर्चित गायिका विष्णु माझी, बिष्णु धिताल र बानियाँको स्वर रहेको छ । सबैले बलेकै आगो ताप्छन ,फक्रेकै बास्नादार पूmल रोज्छ्न यदि त्यो निभ्यो या ओइलियो भने कसैले वास्ता गर्दैनन् भन्ने भाव समेटिएको गीत अहिले दर्शकश्रोतामाझ लोकप्रिय बनेको छ ।

भिडियो हेर्नुहोस् । 

https://www.youtube.com/watch?v=3nlp8PFRntM

 

श्रष्टा तथा निर्देशक सन्तोष बानियाँ बारे अध्ययन गर्न यो पढ्नुहोस् । 

 

http://news-nepal.com/2016/08/30/36712.html

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org