ताजा समाचार

गावनका राष्ट्रपतिद्वारा इयू पर्यवेक्षकले पूर्वाग्रही बनेको आरोप

पेरिस, २२ भदौ । गावनका राष्ट्रपति अलि वोङ्गोले राष्ट्रपतीय निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका यूरोपेली यूनियन ‘इयु’ का प्रतिनिधिले निष्पक्ष सूचना दिन चुकेको भनी बुधबार आलोचना गर्नुभएको छ ।

उनीहरूले आफ्ना प्रतिस्पर्धि जीन पिङको पक्षमा लागेर आफूमाथि आधारहीन आलोचना गरेको दावी राष्ट्रपति वोङ्गोले गर्नुभएको छ ।
मङ्गलबार निर्वाचन पर्यवेक्षक समुहले आफ्नो प्रतिवेदन पेश गर्दै वोङ्गोको प्रभाव क्षेत्र हाउट ओगुइमा ‘प्रष्ट अनियमितता’ भएको जनाएको थियो ।
राष्ट्रपति वोङ्गोले फ्रान्सको आरटीएल रेडियोसँगको अन्तर्वार्तामा प्रतिद्वन्द्वी पिङको प्रभाव क्षेत्रमा व्यापक चुनावी अनियमितता भएको र यसबारे इयूलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।
यसअघि गावनका राष्ट्रपति बोङ्गोले निर्वाचनमा बहुमत ल्याउन गैरप्रजातान्त्रिक तथा गैरन्यायिक बाटो लिएको भनी आलोचना आइरहेका बेला मङ्गलबार यहाँका न्यायमन्त्रीले समेत मतगणनाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको थियो । फ्रान्सले विवादलाई मिलाउन मत गणनालाई दोहो¥याउन आग्रह गरेको थियो ।

राष्ट्रपति बोङ्गोले सामान्य ९करिब छ हजार० मत अन्तरले आफू विजयी भएको घोषणा गर्नुभएको थियो । यसप्रति फ्रान्सका प्रधानमन्त्री म्यानुयल भल्जले अविश्वास प्रकट गर्दै पुनः मत गणना गर्न आग्रह गरिसक्नुभएको छ ।

भल्जले निर्वाचन प्रणाली स्पष्ट हुनुपर्छ भन्दै मतगणनाले केही शङ्का उत्पन्न गरेकाले दोहो¥याएर मत गन्नु बुद्धिमानी हुने बताउनुभएको थियोे ।

फ्रान्सले युरोपियन युनियन तथा संयुक्त राज्य अमेरिकाले भने झै हरेक मत केन्द्रको परिणाम छुट्टिने गरी मतगणना गर्न गावनलाई सल्लाह दिएको छ । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org