अरबको माउन्ड अराफात भइन् सेती
माउन्ट अराफात (साउदी अरव), २६ भदौ । हरेक वर्ष हुने हज यात्राका लागि संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री आइतवार ढुङ्गे पहाड ‘माउन्ड अराफत’ चढेका छन् ।
पश्चिम साउदी अरवको उक्त पहाडमा तीर्थयात्री प्रार्थना गर्दै र कविता सुनाउदै चढेका छन् । घाम उदाएदेखि नै झण्डै १८ लाख तीर्थयात्री सो पहाडमा जम्मा भएका थिए ।
समथर भू–भागको बीचमा रहेको माउन्ट अराफात मक्काबाट झण्डै १५ किलोमिटर टाढा पर्दछ ।
पलेटी मारेर बसेको जस्तो आकर्षण देखिने उक्त पहाडको चुचुरोमा उनीहरुले धार्मिक मन्त्र र प्रार्थना गर्दै चरणवद्ध तरिकाले चढेका छन् ।
पुरुष तीर्थ यात्री सबैले उस्तैगरी दुई वटा सेता कपडा लगाएकाले टाढाबाट हेर्दा सो पहाड हिउँको सेतो थुप्रोजस्तो देखिएको छ ।
त्यहाँको दृश्यलाई उनीहरुको सामाजिक अवस्था र राष्ट्रियतालाई गौण मानी शुद्ध धार्मिक एकतालाई उनीहरुले जोड दिइएको सङ्केतरुपमा लिन सकिन्छ ।
महिलाहरुले पनि विशेष प्रकारको खुल्ला र सेतो कपडा लगाएका छन् ।
“हामीले यो तीर्थयात्राबाट तनावमुक्त भई पूर्ण आनन्द महसूस गरिरहेका छौँ,” एक महिलाले भनिन् । ती महिलाकी मित्र २३ वर्षीय खदिजा बेचिरले पनि सबै कुरा साह्रै राम्रोसँग व्यवस्थापन गरिएको भन्दै आनन्द व्यक्त गरिन् ।
तीर्थयात्री विश्वका सबै कुनाकुनाबाट आएका छन् । तर प्रायःमुस्लिम समुदायका इन्डोनेसियाबाट आउनेको सङ्ख्या धेरै रहेको छ ।
पछिल्लो आधिकारीक विवरणअनुसार, हज यात्राका लागि संसारभरबाट आएका १८ लाख तीर्थ यात्रीमध्ये १३ लाख तीर्थयात्री राजधानी बाहिरका रहेका छन् ।
माउन्ट अराफात चढ्नको लागि त्यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको जनाइएको छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...