ताजा समाचार

भारत अधिनस्थ काश्मिर आक्रमणमा १७ सैनिकको मृत्यु

18092016010628indian-army-600x0

भारत २ असोज । भारत अधिनस्थ काश्मिरमा रहेको सैनिक प्रमुख कार्यालयमा आइतबार आतङ्ककारीद्धारा भएको आक्रमणमा परी १७ सेनाले ज्यान गुमाएका छन् । सैनिकको उत्तरी कमाण्डले सो जानकारी दिएको छ ।
यस आक्रमणको क्रममा उरीस्थित सेनाले गरेको जावाफी कारबाहीमा चार आतङ्ककारीको पनि मृत्यु भएको छ ।
यस आक्रमणमा १७ सैनिकले आफ्नो बलिदान दिएको सैनिकको उत्तरी कमाण्डद्धारा ट्वीटरमार्फत जानकारी दिएको छ ।
भारत अधिनस्थ काश्मिरको प्रमुख सहर श्रीनगरबाट १ सय किलोमिटर पश्चिममा यस उरी क्षेत्र पर्ने बताइएको छ । रासस /एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org