गालाप्यागोस कछुवाको ५० औँं जन्मदिवस मनाइयो
अस्ट्रेलिया, ३ असोज । अस्ट्रेलियाको पर्थ महानगरमा अवस्थित पर्थ चिडियाखानामा राखिएको ग्यालाप्यागोस जातको सेर्रो नामको एउटा भीमकाय कछुवाको ५० औं जन्मदिवस धुमधामका साथ मनाइयो ।
उक्त भाले कछुवा ४९ वर्ष पूरा गरी आजका दिन ५० औंँ वर्षमा प्रवेश गरेको चिडियाखानाकी प्रमुख इमिली ट्रेनरले बताइन् । जन्मदिवस समारोहमा उक्त कछुवालाई अत्यन्त मनपर्ने सुन्तला, फर्सी, मेवा, किबि, भूइँऐँसेलु -स्ट्रबेर्री_, तरबुजा जस्ता फलफूलबाट बर्थडे केक तयार पारिएको थियो ।
गालाप्यागोस जातको एउटा हुर्किसकेको कछुवा आफूलाई मनपर्ने फलफूलको खोजीमा दुईसय किलोमिटर टाढासम्म पनि यात्रा गर्ने गर्छ ।कछुवा स्तनधारी प्राणी नभइ फुल पार्ने जीवको श्रेणीमा पर्छ, जङ्गली होस् या घरपालुवा, कछुवा सदैव साहाकारी प्राणी हो ।
‘सेर्रो रातो रङगका चिजबिजसँग असाध्यै झ्याम्मिन्छ, गाढा रङगका जुनसुकै खाद्यवस्तु उसको अत्यन्तै प्रिय हुन् । त्यसैले हामीले पनि उसलाई मनपर्ने फलफूलहरुबाट गाढा रातो रङगकै केक तयार पा¥यौं । सानो घेराभित्र थुनिएको बिचरा सेर्रोलाई आफ्नो जन्मदिनमा यो भन्दा मनपर्ने खानेकुरो अर्को के हुन सक्ला र ?’ चिडियाखाना प्रमुख ट्रेनरले खुसी व्यक्त गरिन् ।
गालाप्यागोस जातका जङ्गली कछुवाहरुको औसत आयु साधारणतया एकसयदेखि एकसय पच्चीस वर्ष हुन्छ । त्यसो त पर्थ चिडियाखानामा ग्यालाप्यागोस जातको कुनै कुनै कछुवा अनुमानित एकसय पचहत्तर वर्षसम्म बाँचेको रेकर्ड पनि छ । यो हिसाबले सेर्रो त भरखर आफ्नो जवानीमा प्रवेश गर्दैछ ।
प्रारम्भमा यस कछुवा अमेरिकाको सान् डियागो चिडियाखानामा जन्मेको र यसको भाइ ‘सिएरा’ सँगसँगै सन् २००५ मा अस्ट्रेलिया ल्याइएको थियो ।
गालाप्यागोस जातका जङ्गली कछुवाहरु विश्वका सबैभन्दा ठूला आकारका कछुवा मानिन्छन् । राम्ररी हुर्किसकेको गालाप्यागोस कछुवा एकजना साधारण मानिस सरह ४ देखि ६ फिटसम्म लम्बाइको र दुईसय पन्ध्र किलोग्रामदेखि चारसय १७ किलोग्रामसम्म तौलका हुने भएकाले यि भीमकाय कछुवा मानिन्छन् ।
अफ्रिकाको तान्जानियाबाट सातसय किलोमिटर पूर्व, भारतीय महासागरमा रहेको अल्डाब्रा द्वीपक्षेत्र तथा इक्वेडरबाट एक हजार किलोमिटर पश्चिममा रहेको गालाप्यागोस द्वीपक्षेत्र नै यिनहरुका मूल जन्मस्थल हुन् । यी दुबै द्वीपक्षेत्र अति कठिन यात्राबाट पुगिने समुद्रिक दुर्गमस्थल मानिन्छन् ।
हाल विश्वभर यस्ता कछुवाको संख्या बीस हजार भन्दा कमै रहेको अनुमान गरिएको छ । ठूला खाले मुसा (फिल्ड याट), कुकुर, बिराला जस्ता मांसाहारी प्राणी यी कछुवाका मुख्य दुुश्मन हुन् ।
यी मुख्य दुश्मनले कछुवाको अण्डा वा साना साना बच्चालाई खाइदिन्छन् । तसर्थ यी कछुवाहरु हाल लोपोन्मुख प्रजातिका प्राणीमा पर्दछन् । रासस / सिन्ह्वा
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...