ताजा समाचार

क्लिन्टन, ट्रम्प पहिलो ‘फेस टु फेस’ बहसमा

donald-trump-hillary-clintonवासिङटन (अमेरिका), ११ असोज । अमेरिकी राष्ट्रपतिका दुई आकाँक्षी हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले आफ्ना नीतिगत एजेन्डामाथिको पहिलो बहसमा सोमबार ‘फेस टु फेस’ रहेर भाग लिनु हुनेछ ।

पक्कै पनि दुई विरोधी खेमाका नेताबीच हुने यस बहसमा विचारको विल्कुलै कडा टक्कर देखिने अमेरिकी विश्लेषकहरुले जनाएका छन् ।

कैयौँ अमेरिकी मतदाताले दुई नेताको विचार बहसबाट के पाउने छन् भन्नेमा प्राय अनिश्चित देखिएका छन् । किन की दुई नेताको स्वभावमा व्यापक फरकपन छ ।

अठसठ्ठी वर्षीय क्लिन्टन बहसको प्रतिस्पर्धामा सुसंस्कृत पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हाल्नु भएकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हनुहुन्छ । उहाँ ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गर्नुभएको हो ।

त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका सत्तरी वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्व प्रत्यक्ष कार्यक्रम सञ्चालक हुनुहुन्छ । उहाँमा आउने तर्कहरु अकल्पनीय देखिने गर्छन् ।

नोभेम्बर ८ मा हुने राष्ट्रपतिय निर्वाचन हुनुभन्दा छ हप्ता पहिले न्युयोर्कको होफ्स्ट्रा युनिभर्सिटीमा हुने उक्त प्रत्यक्ष बहसलाई नौ करोड अमेरिकीले टेलिभिजनमार्फत सुन्ने बताइएको छ । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org