ताजा समाचार

पहिलो टेलिभिजन बहसमा क्लिनटनलाई धेरैले मन पराएको विभिन्न सर्वेक्षणको निष्कर्ष

[SPOTLIGHT]U.S.-NEW YORK-PRESIDENTIAL DEBATE

हेम्पस्टेड (अमेरिका), ११ असोज । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि सोमबार भएको पहिलो प्रत्यक्ष टेलिभिजन वसह भएको छ ।

सो बहसमा धेरै मतदाताले डेमोक्रयाटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मन पराएको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

विषयबस्तुदेखि प्रस्तुित सम्मका विभिन्न पक्षलाई हेर्दा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प भन्दा क्लिनटन राम्रो भएको प्रारम्भिक सर्वेक्षणहरुमा देखाइएको छ ।

क्लिनटन दश देखि १५ प्रतिशत सम्म अगाडी रहेको देखिएको हो । बहसका क्रममा क्लिन्टनलाई धेरै पटक ट्रम्पले बोल्नै नदिएर अवरोध पु¥याएका थिए । त्यो अवरोध नै धेरैले नरुचाएको मत सर्वेक्षणमा बताइएको छ ।
अमेरिकामा जनमत आफूतिर पार्न राष्ट्रपतीय निर्वाचनका उम्मेदवारहरुको प्रत्यक्ष टेलिभिजन बहसहरुलाई निकै महत्वपूर्ण र निर्णायक मानिन्छ ।
करिब ९० मिनेट चलेको यो बहसलाई १० करोडभन्दा बढी व्यक्तिले टेलिभिजनमा प्रत्यक्ष हेरेको अनुमान गरिएको छ ।

अहिले सम्म भएका यस्ता वहसहरु मध्ये यो नै सवै भन्दा धेरैले हेरेको मानिएको छ ।

आज भन्दा ठिक ५६ वर्षअघि राष्ट्रपतिका तत्कालिन उम्मेदवारद्धय जन एफ केनेडी र रिचर्ड निक्सनबीच पहिलोपटक यस्तै बहस भएको थियो ।

सोमबारको बहस एनबीसी न्यूजका लेस्टर होल्टले चलाएका थिए । देशको अर्थतन्त्र, कर प्रणाली, सुरक्षा, जातीयमुद्धा लगायतका विषयमा केन्द्रीत वहसमा दुवै उम्मेदवारले एकअर्काको चर्को आलोचना गरेका थिए ।

क्लिनटनले ट्रम्पलाई करबारे ढाकछोप गरेको आरोप लगाएर कमजोर सावित गर्न खोज्नु भएको थियो ।

जवाफमा ट्रम्पले कर लाग्ने आफ्नो आम्दानीको विस्तृत विवरण सार्वजनिक गर्ने बताउदै त्यसका क्लिन्टनले आफू विदेशमन्त्री हुंदाका तीस हजार इमेल सार्वजनिक गर्नु पर्ने शर्त राख्नु भएको थियो ।

[SPOTLIGHT]U.S.-NEW YORK-PRESIDENTIAL DEBATE

विदेशमन्त्री हुँदा क्लिनटनले इमेलको दुरुपयोग गरेको आरोप लगाउदै आफु माथीको आरोपलाई ओझेल पार्ने प्रयास गर्नु भएको थियो ।

अठसठ्ठी वर्षीय क्लिन्टन पूर्व विदेशमन्त्री र सांसदका रुपमा अनुभव सम्हाल्नु भएकी अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ । उहाँ ४० वर्षको सार्वजनिक सेवाको अनुभवपछि अमेरिकी राजनीतिमा प्रवेश गर्नुभएको हो ।

त्यसैगरी उमेरले क्लिन्टनभन्दा पाका सत्तरी वर्षीय ट्रम्प अमेरिकी खर्बपति व्यापारी साथै टेलिभिजनका पूर्वप्रत्यक्ष कार्यक्रम सञ्चालक हुनुहुन्छ । रासस/एएफपी/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org