ताजा समाचार

न्युयोर्कमा विष्पोटमा परी अग्नी नियन्त्रकको मृत्यु

imagesन्युयोर्क (अमेरिका), १२ असोज । अमेरिकाको न्युयोर्कमा ग्यास चुहावट नियन्त्रण गर्न पुगेका एक अग्नी नियन्त्रकको मङ्गलबार विस्फोटमा परी मृत्यु भएको छ ।

घरभित्र ग्यास चुहावट भएपछि अग्नी नियन्त्रकलाई खबर गरिएको र चुहावट नियन्त्रण गर्ने क्रममा ‘ब्रोङ्स’ विस्फोट भएपछि मृत्यु भएको अग्नी नियन्त्रक विभाग न्युयोर्कले जनाएको छ ।

ग्यास चुहावट भएको ठाउँमा औषधिसम्बन्धी रसायन स्टोर रहेको पाइएपछि अग्नी नियन्त्रकले यसबारे प्रहरीलाई खबर गरेका थिए । लगत्तै उक्त घरमा विस्फोट भएको थियो ।

अग्नी नियन्त्रणका लागि पुगेका र घटनामा सामान्य घाइते भएका पाँच जना अधिकारीलाई अस्पताल भर्ना गरिएको छ । –एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org