इपिएल क्रिकेट : पञ्चकन्याको लगातार तेस्रो जित
काठमाडौँ, १२ असोज । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकन्या तेलले कान्तिपुर गोर्खाजलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य शरद भेषवाकर कप्तान रहेको पञ्चकन्याले अर्का भेट्रान खेलाडी वसन्त रेग्मी कप्तान रहेको टोली कान्तिपुरलाई ३४ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरायो ।
तीन खेल खेलेर सबै जित निकालेको पञ्चकन्या अङ्क तालिकाको अहिलेसम्म शीर्ष स्थानमै कायम रहन सफल भएको छ ।
टस हारेर ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२९ रनको योगफल तयार ग¥यो । १३० रनको विजय लक्ष्य पछ्याएको कान्तिपुरले पनि भने पूरै ओभर खेल्यो । तर लक्ष्य भेट्टाउन सकेन । नौ विकेट खर्च गरेको कान्तिपुरले ९५ रन मात्र बनाउन सक्यो ।
पञ्चकन्याको जितमा अविजित रहेका पुष्प थापाले ३८, आरिफ शेखले ३२, दीपेन्द्र ऐरीले २२ तथा करण केसीले १७ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रले चार तथा करणले दुई विकेट लिए । यता कान्तिपुरका सन्दीप झोराले १७ रन बनाउनबाहेक अन्य वाट्सम्यान सस्तैमा समेटिए । त्यस्तै कान्तिपुरका अविनाश बोसराले चार विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् ।
प्रतियोगिताअन्तर्गत अहिले विशाल वारियर्स र जगदम्बा राइनोजबीच भिडन्त खेल भइरहेको छ । रासस
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...













