ताजा समाचार

सुरक्षा चासो व्यक्त गर्दै टर्कीमा १२ टेलिभिजन च्यानल बन्द

television-off-air

टर्की, १४ असोज । राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।

जुलाई १५ मा टर्कीमा गरिएको असफल सैनिक विद्रोहपछि राज्यमा सङ्कटकालको घोषणा गरिएको छ भने कैयौँ समाचार संस्था बन्द भएका छन् । यी सञ्चार माध्यममा अमेरिकामा घोषित निर्वासनमा रहनु भएका टर्कीका इस्लाम धर्मगुरु फेतुल्लहा गुलेनको आवद्धता रहेको र उनीहरूलाई राज्य विद्रोह गर्न उक्साउन प्रयोग गरिएको आरोप सरकारको छ ।

गुलेनले भने आफूमाथि सरकारद्वारा लगाइएका आरोपमाथि कुनै सत्यता नभएको बताउँदै आएका छन् ।

अनादोलु न्युज एजेन्सीका अनुसार टर्कीको सञ्चार माध्यमका गतिविधिलाई हेर्ने संस्थाले बिहीबार १२ टेलिभिजनलगायतका केही समाचार संस्थालाई राज्यको सुरक्षामाथि खतरा हुनेकार्य गर्न उक्साएको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो । रासस/एपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org