बेलायत बहिर्गमनका शर्त अझै अस्पष्ट
बेलायत, १४ असोज । बेलायती जनताले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने प्रक्रियामा लैजान जनादेश दिएको शुक्रबार एकसय दिन पुगेको भए पनि आवश्यक तयारीलाई अगाडि बढाउने कुरामा यहाँको सरकारले अझै स्पष्ट धारणा निर्माण गर्न सकेको छैन ।
यसबारे प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले बेलायतको बहिर्गमनका लागि जनताले दिएको मतादेशलाई स्वीकार गर्दै आफूले मुलुकको हितमा हुने गरी इयूसँग सम्झौता गर्ने बताउनुभएको छ । उहाँको ‘बेक्जिट’ प्रक्रियाबारे यति छिट्टै अनावश्यक प्रतिक्रिया आउनु ठीक नभएको दाबी थियो ।
बेलायका विदेशमन्त्री बोरिस जोनसनले गत हप्ता बेलायतले आफ्नो इयूबाट बहिर्गमन हुने प्रक्रियामा अर्को वर्षमा सुरु भएर दुई वर्षभित्र इयूको प्रसिद्ध लिसवन सम्झौताको बुँदा नं ५० लाई कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो ।
तर प्रधानमन्त्री मेको डाउनि¬ङ स्ट्रिट कार्यालयले भने जोनसनको धारणाभन्दा भिन्न प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री मेले सम्झौतालाई यसै वर्षको अन्त्यसम्ममा कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी लण्डनमा बेलायत बहिर्गमनबारे भएको छलफल पछि ‘युरोपियन पार्लियमेन्ट’ का अध्यक्ष मार्टिन सुल्जले बेलायत सरकारले लिसवन सम्झौताको धारा नं ५० लाई कार्यान्वयन गर्नेतर्फ कुनै निर्णय लिने तयारी नै नगरेको भन्दा यस्तो अवस्थामा कसरी बहिर्गमन प्रक्रियालाई अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस गम्भीर रुपमा नलिएको बताउनुभएको छ ।
सुल्ज लगायतका अन्य इयु नेताले बेलायतलाई यो प्रक्रियालाई छिट्टै अघि बढाउने आग्रह गर्नुभएको छ । उहाँहरुले अनिश्चितताले प्रक्रियामा अवरोध आउन सक्नेप्रति ध्यानाकर्षण गराएका छन् ।
बेक्जिट प्रक्रियालाई अगाडि बढाउने विषयमा फ्रान्स र जर्मनीमा आगामी वर्ष हुन गइरहेको निर्वाचनले पनि थप लम्ब्याउने अवस्था आएको छ ।
थेरेसा मे प्रधानमन्त्रीमा नियुक्त भएपछि बेलायती नेताहरुबीच नै इयुबाट बेलायतको बहिर्गमन हुँदा नरम वा कडा कस्तो नीति लिने भन्ने विषयमा भर्खर बहस चलिरहेको र बेलायती नेता यस विषयमा विभाजित रहेका सुल्जको प्रतिक्रिया थियो ।
कडा बहिर्गमनको अर्थ बेलायतलाई इयु सम्बद्ध सङ्घ सङ्गठनबाट एकैपटक बाहिरिने र इयुको एकल बजारनीतिबाट बाहिर आउने अर्थ हुन्छ । त्यसैगरी नरम बहिर्गमन नीतिको अर्थ इयुको एकल बजारनीतिमा कुनै न कुनै रुपमा रहने गरी बेक्जिट प्रक्रिया अगाडि बढाउने भन्ने हो । इयु नेताले बेलायतमा रहेका इयु सदस्य राष्ट्रका मजदुरलाई स्वतन्त्र अभियानमार्फत निरन्तर प्रयास राख्ने बताएका छन् ।
इयु जनमत सङ्ग्रहमा आप्रवासी समस्यामाथि पनि विशेष चासो राखिएको थियो । यसमा बेलायती प्रधानमन्त्री मेले नयाँ आउने आप्रवासी नियन्त्रणमा केही कडाइ गरिनुपर्ने धारणा राख्नुभएको थियो ।
बेलायतले अन्य गैर–इयु राष्ट्रका मुलुकले भन्दा बढी अधिकार युरोपको बजारमा पाउनुपर्ने दाबी नगर्न इटालीका प्रधानमन्त्री मेटेओ रञ्जीले बताउनुभयो ।
युरोपी नेताहरुले बेलायतले बहिर्गमन प्रक्रियालाई छिटो गरी सुरु गर्नुपर्ने बताउँदै यसमा आफ्नो कडा प्रतिबद्धता रहने बताए ।
त्यसैगरी स्लोभाकियाली प्रधानमन्त्री रोवर्ट फिकोले बेलायतको सुनौलो आशाका बावजुद इयु बहिर्गमन बेलायतका लागि पीडादायक रहने बताउनुभयो ।
बेलायत इयुमा रहिरहने वा बाहिरिने सवालमा भएको जनमत सङ्ग्रहमा ४८ प्रतिशत बेलायतीहरुले इयुमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए । रासस/एएफपी
Comments
अरु समाचार
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...
-
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
शैक्षिक प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने, अनलाइनबाटै आवेदन दिए पुग्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही...