रेडबुल राष्ट्रिय फुटसल लिग, हाइवे र रजनी फुटसलको जित
काठमाडौं, १५ असोज । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले विजय हासिल गरेका छन् ।
सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम टिम सामाखुसीलाई हाइवे फुटसलले अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ६–७ गोल अन्तरले पराजित गरेको छ ।
अवे मैदानमा हाइवेलाई जिताउन विकास लामाले ह्याट्रिक गरे भने अमित तामाङ र बसन्त गुरुङले दुई/दुई गोल गरे ।
सामाखुसी फुटसलका नविन लामा र सन्तोष तामाङ दुवैले ह्याट्रिक गरे पनि आफ्नो टोलीलाई विजयी बनाउन सकेनन् । यस खेलको म्यान अफ द म्याच सामाखुसी फुटसलका नविन लामा चुनिए ।
चौर रिक्रियसन सेन्टरमा भएको दोस्रो खेलमा रजनी फुटसलले होम टिम चौर रिक्रियसनमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पा-यो ।
रजनी फुटसललाई जिताउन सुशान केसीले ह्याट्रिक गरे भने विभोर गुरुङ र अविन थापाले एक/एक गोल गरे ।
एकतर्फी खेलमा चौरका रमेश गुरुङले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याचको उपाधि रजनी फुटसलका रुशान केसी घोषित भए ।
होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन हुने लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता छ ।
लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












