बैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि’को उपाधि
काठमाडौं, १७ असोज । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरिया कैलालीलाई असोज ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो रनिङ ट्रफि–२०७३’ प्रदान गरेका छन् ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असोज ११ गतेबाट संचालन भएको सो प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ५ कास्यसहित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली सुनसरी दोश्रो तथा ३ स्वर्ण, २ रजत र १ कास्यसहित मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहिनी सुर्खेत तेस्रो भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले आइतबार प्रतियोगिताको बिजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले सो अवसरमा संगठनले आफ्नो क्षमताभित्र रहेर खेलकुदलाई अगाडि बढाई रहेको बताउनुहुँदै खेलकुदले आपसी भाईचारमा अभिबृद्धि गराउने उल्लेख गरे ।
उनेले जहाँ नियमित खेलकुद हुन्छ र रंगशाला बन्छ, त्यहाँ धेरै अस्पतालको जरुरत हुँदैन भन्नुहुँदै सवैले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन केही न केही खेलकुदलाई आफ्नो अभ्यासको साधन बनाउनु पर्ने र यसबाट सकारात्मक सोचको विकास हुने बताए ।
आफ्नो खेलकुद जीवनको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले सशस्त्र प्रहरी बलका खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शन र मेहनतका लागि प्रेरित समेत गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले खेल सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले सो प्रतियोगितामा विभिन्न विधाका खेलतर्फ गरी ४८ जना महिला खेलाडीसहित कूल २ सय ८५ जना खेलाडीहरुले सहभागिता जनाएको जानकारी गराए ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा फुटबल, भलिबल लगाएत एथ्लेटिक्सका खेलहरु समावेश गरिएका थिए । सो प्रतियोगितामा सशस्त्र प्रहरी बल महानगरीय सशस्त्र प्रहरी कार्यालय, बराह बाहिनी, रुद्र बाहिनी, मुक्तिनाथ बाहिनी, महेश्वरी बाहिनी र वैद्यनाथ बाहिनी गरी कूल ६ टिमको सहभागिता रहेको थियो ।
बिजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जितबहादुर पुन लगाएत फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, भलिबल संघका उपाध्यक्ष निरज मास्केले समेत पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत लगाएत एपीएफ अधिकृत जवान एवं विभिन्न खेलकुद संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...












