पञ्चकन्या तेजलाई एभरेष्ट प्रिमियर लिगको उपाधि
काठमाडौं,१७ असोज । आशिफ शेखले शानदार शतक प्रहारले पञ्चकन्या तेज अपराजित रहँदै एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ । २०१४ मा भएको एनपीएल च्याम्पियन पञ्चकन्या तेजले सोमबार भएको फाइनल भिडन्तमा कलर्स एक्स फ्याक्टरलाई ४० रनले हराउँदै ५ लाख पुरस्कार पनि हात पारेको छ ।
पञ्चकन्या तेजले दिएको १७२ रनको लक्ष्य पछ्याएको कलर्स १७.३ ओभरमा १३१ रन जोड्दा अलआउट भयो । उसको सुरुवात निकै खराब रहृयो । फैजुल रहमान पहिलो ओभरको तेस्रो बलमा शून्यमा आउट हुँदा टिमको स्कोर मात्र १ रन थियो । हरिशंकर साह पनि १४ रनमा आउट भए ।
टिमले थप एक रन जोड्दा अमर रौतेला व्यक्तिगत ९ रनमा पभेलियन फर्किए । तर, कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामीले कलर्स एक्स फ्याक्टरको पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । कलर्सका लागि कप्तानी पारी खेलिरहेका ज्ञानेन्द्रलाई १२.५ ओभरमा दिपेन्द्रसिंह ऐरीले एलबीडब्लू धरापमा पारे । जतिबेला टिमको स्कोर १०० रन हुन २ रन अपुथ थियो । त्यसपछि आएका सिद्धान्त लोहनी १ रनमै आउट भए । अर्को बलमा योगेन्द्र सिंह कार्कीलाई पनि करणले आउट गरे ।
१५ औं ओभरको अन्तिम बलमा राजेश पुलामी सातौं विकेटका रुपमा ३७ रनमा आउट भएपछि कलर्सक हार उन्मुख भयो । थप १० रन जोड्दा संजय बस्नेत, राहुल प्रताप सिंह र अभिनाश कर्ण आउट भए । पञ्चकन्याका करण केसीले ३ विकेट लिए भने शरद भेषावकर र सुशील कँडेलले २-२ विकेट लिए । भुवन कार्की र दिपेन्द्र सिंह ऐरीको नाममा १(१ विकेट रहृयो ।
पञ्चकन्या तेजले आशिफ शेखको शानदार शतकको मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । पञ्चकन्याको पनि सुरुवात त खराब नै थियो । उसका कप्तान शरद भेषावकर पहिलो ओभरमा नै २ रनमा आउट भए । यसअघिका खेलमा हिटरको छवि बनाएका करण केसी पनि मात्र ५ रनमा आउउट भए, जतिबेला टिमको स्कोर ३३ रन थियो ।
अर्को पारीमा आशिफ भने टिकिरहे । पृथु बास्कोटा पनि मात्र ८ रनमा आएपछि आरिफ र आशिफ दाजुभाइको जोडी जम्यो । भाइ आशिफसँग ४७ रनको साझेदारी गरेका आरिफ व्यक्तिगत २३ रनमा आउट भए । आशिफ भने आक्रमक सट खेलिरहे ।
उनले पाँचौं विकेटका लागि प्रेम तामाङसँग ६४ रनको अविजित साझेदारी गरेका छन् । त्यसक्रममा उनले मात्र ५९ बलमा छ चौका र ८ छक्काको मदतमा शतक पुरा गरे । ईपीएलमा यो नै पहिलो शतक हो । उनी १११ रनमा अविजित रहे भने प्रेमले नटआउट ८ रन बनाए ।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...













