ताजा समाचार

राष्ट्र संघका प्रमुख मूनद्वारा आक्रमणको कडा शव्दमा निन्दा

110620142242064650697

संयुक्त राष्ट्र संघ, १८ असोज । संयुक्त राष्ट्र संघका प्रमुख बान कि मूनले मालीमा कार्यरत राष्ट्रसंघीय शान्ति स्थापना आयोग ‘मिनुस्मा’ उपर गरिएको शृङ्खलावद्ध आक्रमणको कडा शव्दमा निन्दा गर्नु भएको छ । 

सो आक्रमणमा परी चाडका एकजना राष्ट्रसंघीय शान्तिदूतको मृत्यु हुनाको साथै अन्य आठजना राष्ट्रसंघीय कर्मचारीहरु सख्त घाइते भएका थिए ।
उत्तरी मालीको किडाल क्षेत्रको आगेलहोक इलाकामा गतः सोमवार मिनुस्माका शान्तिदूत तथा संरचनालाई लक्ष बनाई चारवटा अलग अलग शङ्खलावद्ध आक्रमण गरिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्र संघका कर्मचारी एवं भौतिक सम्पत्ति माथिको आक्रमणलाई युद्ध अपराध मानिने स्मरण गराउँदै आक्रमणकारीको पहिचान गरी उनीहरुलाई अति शीघ्र न्यायको कठघरा भित्र ल्याउन पनि राष्ट्रसंघीय प्रमुख मूनले आह्वान गर्नु भएको छ ।
सो कुरा राष्ट्रसंघका प्रवक्ताद्वारा प्रकाशित एक प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मालीमा हालैका महिनाहरुमा आतंककारीहरुले मिनुस्मालाई लक्ष बनाई तीब्र आक्रमण गरिरहेका र यस्ता आक्रमणबाट मिनुस्माका साठ्ठ्ी भन्दा बढी शान्तिकर्मीले ज्यान गुमाइ सकेका छन् ।
गतः मे महिनामा मात्र शृङखलावद्ध आक्रमण हुँदा बाह«जना शान्तिदूतको हत्या हुनाको साथै अन्य थुप्रै घाइते भएका थिए । यस्तै हत्यालाई दृष्टिगत गरी गतः जुनमा राष्ट्रसंघीय सुरक्षा परिषदले मालीका सशस्त्र आतंककारीलाई निर्मूल गर्ने उद्देश्यले मिनुस्मा शान्तिसेनाको संख्यामा बृद्धि गर्ने निर्णय गरेको थियो ।
राष्ट्र संघीय प्रमुख मूनले मालीमा गतः जुनमा हस्ताक्षरित “शान्ति तथा पुनः मैत्री स्थापना सम्झौता” को अक्षरसः पालना गरी मुलुकमा स्थायित्व र सुरक्षा कायम गराउन मालीका सबै राजनीतिक दलसँग सहयोगको याचना गर्नु भएको पनि सो प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
मालीमा हिंसा हत्या मच्चाउँदै आएका सशस्त्र आन्दोलनकारी समूहः “कोअर्डिनेशन डे ला आजावाद” र सरकारबीच अर्को एउटा “प्लेटफोर्म डे कोइलेसन अफ आम्र्ड ग्रुप” नामक नरमपन्थी समूहको सहयोगमा गतः १५ जुनमा “शान्ति तथा पुनः मैत्री स्थापना सम्झौता” मा हस्ताक्षर सम्पन्न भएको थियो ।

विगत सन् २०१२ देखि नै अफ्रिकी राष्ट्र मालीले चरम अशान्ति तथा हिंसा हत्या तथा राजनीतिक अस्थिरताको पीडा भोग्दै आएको छ । बिभिन्न उग्रबादी र आतंककारी समूहले मुलुकको उत्तरी भूभाग कब्जामा लिनुका साथै समग्र राष्ट्रलाई नै तहस नहस पार्दै लगेका छन् । रासस /सिन्हवा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org