टुबोर्ग फुटबल प्रतियोगिता सुरु
चितवन, १ कात्तिक । नारायणगढको क्याम्पाचौरमा आजदेखि टुबोर्ग विकास रनिङ सिल्ड फुटबल नकआउट प्रतियोगिताको १२औँ संस्करण सुरु भएको छ ।
यो प्रतियोगितामा भारतका चारसहित १५ वटा टोलीले स्पर्धा गर्नेछन् । आज पहिलो दिन चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच खेल हुँदैछ । कात्तिक १४ गतेसम्म हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक विकास सिल्ड समितिका प्रचारप्रसार संयोजक सिद्धार्थलाल चुकेले बताउनुभयो ।
क्याम्पाचौर मैदानमा तीन हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा भारतको सिवाङ, सिक्किम, कालिम्पोङ, र खर्साङ टोली सहभागी हँुदैछन् । नेपालबाट थ्रिस्टार क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, मनाङ मस्र्याङ्दी क्लब, विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल सहभागी छन् ।
त्यस्तै मोरङ फुटबल क्लब, झापा–११, हिमालयन स्पोर्टस क्लब, सहारा क्लब पोखरा, सुदूरपश्चिम, हिमालयन शेर्पा क्लब र चितवन ११ सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले तीन लाख नगद र रनिङ सिल्ड पाउनेछन् । त्यस्तै उपविजेताले एक लाख ५० हजार र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’ हुने खेलाडीलाई १०/१० हजार नगद पुरस्कार दिइने चुकेले बताउनुभयो ।
त्यस्तै ‘फेयर प्ले अवार्ड’का रुपमा ट्रफीसहित २५ हजार नगद प्रदान गरिनेछ । ‘म्यान अफ टुर्नामेन्ट’का रुपमा नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक दिनको खेलमा पाँच हजार दर्शक भित्रने अपेक्षा आयोजकको छ । क्वार्टर फाइनल अघिका खेलमा एकसय र दुई सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ भने क्वार्टर फाइनलमा एक सय ५० र दुई सय ५० रुपैयाँ एवम् फाइनलमा दुई सय र तीन सय रुपैयाँ राखिएको छ । खेल सम्पन्न गर्न ६७ लाख रुपैयाँभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगिता १६ वर्षपछि हुन लागेको हो । युवा पुस्ताको सक्रियतामा पुनः खेल सुरु हुन लागेको हो । रासस
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी आमनेसामने हुँदै
काठमाडौं । काठमाडौंमा जारी जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदै छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एनपीएल-२ : विराटनगरलाई ४० रनको जित निकाल्दै लुम्बिनी फाइनलमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनको जित निकाल्दै लुम्बिनी...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै !
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई...
-
एनपिएलमा पहिलो क्वालिफायरः सुदूरपश्चिम र विराटनगरबिच प्रतिस्पर्धा गर्दै !
काठमाडौँ । टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को आज पहिलो क्वालिफायर खेल हुँदैछ । पहिलो क्वालिफायरको खेल...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...













