ताजा समाचार

नेइमारको तलब १६ मिलियन युरो

neymar-barcelona-espanyol-liga-bbva_18wwkuz3kzuj21s7cms5h76qwh

काठमाडौं  २ कार्तिक । नेइमारले बार्सिलानासँग नयाँ सम्झौता गर्दै छन् । बार्सिलोनाले गएको जुलाइमा नै नेइमारसँग नयाँ सम्झौता गर्ने बताएको थियो । तर ओलम्पिकसहितका अरु खेलको चटारोका कारण सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन ।

नेइमारले क्लबसँग आउँदो शुक्रबार औपचारिक रुपमा पाँच वर्षको सम्झौता गर्ने बार्सिलोनाले जनाएको छ । सम्झौता अनुसरा उनी सन् २०२१ सम्म बार्सिलोनामै रहने छन् । सम्झौतापछि उनको तलब उनको तलब १६ मिलियन युरो हुनेछ ।

नेइमारलाई किन्न चाहने सम्झौताको पहिलो वष दुई सय मिलियन युरो, दोस्रो वर्ष दुई सय २२ मिलियन युरो तथा अन्तिमका तीन वर्षमा दुई ५० मिलियन युरो (२९ अर्ब ४२ करोड रुपैयाँ) तिर्नु पर्नेछ ।एजेन्सी 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org