ताजा समाचार

सत्तारुढ कंग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक बस्दै

काठमाडौं २१ पुस । संविाधन संशोधन बिद्येयकलाई अघि बढाउने बिषयमा छलफल गर्न सत्तारुढ कंग्रेस माओवादी केन्द्र र मधेसी मोर्चाको बैठक आज बस्दैछ । संविधान संशोधनवारे सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशपछि संशोधन बिद्येयकलाई कसरी अघि बढाउने भन्नेवारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार कंग्रेससहित मोर्चाको बैठक बोलाउनुभएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा संविधान संशोधन बिद्येयक, निर्वाचन लगायतका बिषयमा कुराकानी हुने नेताहरुले बताएका छन् । संविधान संशोधन बिद्येयक पारित गराउन पहल गर्ने निर्णय गरेको मधेसी मोर्चाले एमालेको समेत समर्थन जुटाउन बैठक मार्फत सत्तारुढ दललाई दवाव दिने जनाएको छ । एमालेले संशोधन बिद्येयक फिर्ता लिन आग्रह गरेपनि सत्तारुढ दल र मोर्चाले त्यसलाई पारित गराउन अन्य दलको समर्थन जुटाउने प्रयास शुरु गरेका छन् । प्रदेश सिमाकंनका लागी प्रदेशसभाको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थालाई पालना गर्न सर्वोच्च अदालतले दलहरुको ध्यानाकर्षण गराएकाले मधेसी मोर्चाले सो सम्बन्धी धारा नै संशोधन गर्न सत्तारुढ दलहरुलाई आग्रह गर्ने तयारी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org