ताजा समाचार

दूरसञ्चार प्राधिकरणले २ जना बरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी ल्याउने 

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले कर्मचारी थप गर्ने भएको छ। प्राधिकरण ‘कर्मचारीको सेवाका शर्त सम्बन्धि विनियमावली २०७३’ लाई पास गर्दै नयाँ कर्मचारी थपको प्रकृयालाई अगाडि बढाएको हो।यससँगै २०६४ सालमा बनाइएको कर्मचारी विनियमावली विस्थापित भएको प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले बताए।

लोकसेवा आयोगसँग सहकार्य गरि प्राधिकरणले दुई बरिष्ठ निर्देशक सहित १७ जना कर्मचारी थप गर्न लागेको हो। विनियमावली अनुसार अब दुईजना बरिष्ठ निर्देशक पद थप हुनेछ। जसमा एक जना प्राविधिक तर्फका र अर्को प्रशासनिक सेवा तर्फका रहनेछन्।

यसैगरी सांगठनिक ढाँचामा पाँच वटा विभागको परिकल्पना गरिएको छ। जसमा दुई प्रशासनिक तीन प्राविधिक प्रस्ताव गरिएको छ। अब प्राधिकरणको सांगठनिक ढाँचामा १५ वटा शाखा हुनेछन्।

 यसअघि निर्देशक स्तरसम्म मात्र दरबन्दी रहेको थियो। अब थपिएका दुर्इ वरिष्ठ निर्देशक, पाँचजना निर्देशक, १४ जना उपनिर्देशक, २७ जना सहायक निर्देशक , ११ जना सहायक प्रथम, तीनजना स्थायी चालक, करारका आठ जना , र  स्थायी परिचर तीनजना र करारका ६ जना गरी कुल ७६ जनाकाे  दरबन्दी रहनेछ।

नयाँ विनियमावलीले बरिष्ठ निर्देशकको कार्यकाल पनि तोकिएको छ । अब बरिष्ठ निर्देशकको पदावधि चार बर्षको हुनेछ। सरकारले २०६८ मा संगठनात्मक संरचना स्वीकृत नगरी कर्मचारी भर्ना गर्न नपाउने निर्देशन दिएपछि प्राधिकरणमा जनशक्ति अभाव थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org