ताजा समाचार

अब साउनभित्रै संविधान जारी हुन्छः मन्त्री आचार्य

भक्तपुर, साउन २४– वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले अब साउनभित्रै संविधान जारी हुने बताएका छन् ।

भूसंरक्षण दिवसका अवसरमा ‘क्षतिग्रस्त भूमि पुनः स्थापनाको आधार व्यवस्थित र संरक्षित जलाधार’ भन्ने नाराका साथ आज भूसंरक्षण तथा जलाधार विभाग र मनोरम समाजले आज भक्तपुरको मनोहरा खोला किनारमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

धर्म निरपेक्ष लगायतका केही ससाना विषयमा मात्र सहमति हुन बाँकी रहेको बताउँदै उनले यी विषयमा पनि छिट्टै सहमति हुने दाबी गरे । सहमतिमा केही साना दलले असन्तुष्टि जनाए पनि उनीहरुको भावनालाई समेटेर नै संविधान जारी गर्ने प्रयत्न हुने बताउँदै भने , “संविधान भनेको स्थायी प्रकृतिको कानुन होइन, यो आवश्यकता अनुरुप परिवर्तन पनि गर्न सकिन्छ, अहिले नै सबै कुरा सकियो, सिद्धियो भन्ने सोच्न हँुदैन ।”

कार्यक्रममा मन्त्री आचार्यले माटो पानी जोगाएर हरियाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै जलाधार क्षेत्रको संरक्षणका लागि जमिनको सुरक्षा र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org