ताजा समाचार

स्युचाटार ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत् आपूर्तिमा समस्या

काठमाडौँ, २४ पुस । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिनुभयो ।

प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चाबहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटारलगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताउनुभयो ।

सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उहाँले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org