ताजा समाचार

लोकमानविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै

 

काठमाडौं २४ पुस । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता, लगायतका विषयमा परेका रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । दुबै तर्फको सुनुवाई सकिएपछि न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पुर्ण इजलासले आज अपरान्ह ३ बजे फैसाला गर्ने समय तोकेको हो ।

इजलासमा आज रिट निवेदकका तर्फवाट कानुन व्यबशायीको प्रतिउत्तर बहस सकिएको छ । कार्की विरुद्व परेका रिटमाथी प्रतिवादीको तर्फबाट विहिबार बहस सकिएको थियो । आज शम्भु थापा, सुरेन्द्र भण्डारी, रमेश बडाल, टिकाराम भट्टराई, राजु चापागाई, मनकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योती लम्साल पौडेल, कुनदेवी महर्जन र चन्द्रकान्त ज्ञवालीले प्रतिउत्तर बहस गर्नुभएको थियो । योग्यता नपुगेका व्यक्तिलाई अख्तियार प्रमुखमा नियुक्ती गरिएको जिकिर सहित निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org