ताजा समाचार

रिसर्चःमोबाइलको ब्याक्टेरिया हानिकारक

मोबाइल फोनबाट हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्यालाई संकेत गर्दै वैज्ञानिकले अस्पतालमा प्रयोग नगर्न चेतावनी दिएका छन् । उनीहरूका अनुसार आइसियूमा मोबाइल प्रयोग गर्दा बिरामीलाई अझ बढी समस्या पैदा गराउँछ । मोबाइल फोन ब्याक्टेरिया तथा भाइरसका लागि सुविधाजनक स्थान बन्न थालेको छ । केही समयअगाडि सयभन्दा बढी चिकित्सकले प्रयोग गर्ने मोबाइल प्याडहरूलाई संकलन गरी अनुसन्धान गरिएको थियो । सो अनुसन्धानमा ५६ भन्दा बढी मोबाइल प्याडमा ब्याक्टेरियाको समूह नै बसिरहेको पत्ता लागेको थियो । यी प्याडहरूमा धेरै नै हानिकारक कीटाणु ठूलै संख्यामा रहेको थियो । यसभन्दा पनि खतरनाक कुरा के थियो भने धेरैजसो ब्याक्टेरियाले आफ्नो प्रतिरोधात्मक शक्ति वृद्धि गरिसकेको थियो । शोधकर्ताहरूले गरेको अनुसन्धानमा यो पनि पाइयो कि हातको सफाइ नहुँदा पनि ब्याक्टेरियालाई फाइदा पुगेको छ । सोहीकारण पनि सबै अस्पतालमा नो मोबाइल फोनलाई कडाइसाथ लागू गर्नैपर्ने चिकित्सकहरूको सुझाब छ । अनुसन्धानले मोबाइलमा कुराकानी गर्दैगर्दा मुखबाट निस्किएको श्वाससँगै ब्याक्टेरिया पनि मोबाइलमा फैलने जोखिम कायम रहन्छ । अनुसन्धानमा संलग्न तिरुपति एसबी युनिभर्सिटी माइक्रोबायोलोजी डिपार्टमेन्टकी एम कुमारी चित्तुरीका अनुसार मोबाइल सेटमा पाइने किटाणुले आफ्नो प्रतिरोधात्मक शक्ति बढाइसकेको छ । जसले गर्दा अब यस्ता किटाणुलाई सामान्य एन्टिबायोटिक्सले असर गर्दैन । मोबाइल फोन ब्याक्टेरियामा आधारित हालसम्म तीनभन्दा बढी अनुसन्धान पेपर आइसकेका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org