ताजा समाचार

सैद्धान्तिक छलफल अघि बढाउने संसद सचिवालयको तयारी

काठमाडौं, २५ पुस । आज दिउँसो १ बजे बोलाइएको ब्यबस्थापिका संसद् बैठकमा संविधान संशोधन विधेयकबारे छलफल अघि बढ्ने संभावना रहेको छ । विधेयकमा आजबाट सैद्धान्तिक छलफल अघि बढाउने संसद सचिवालयको तयारी छ । यद्यपी प्रमुख प्रतिपक्षी एमाले लगायतका दलले भने विधेयकमा छलफल गराउन खोजे बैठक अवरोध गर्ने बताएका छन । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संशोधन विधेयकसंग सम्बन्धित बिषय अघि बढाउन खोजे बिरोध कायमै राख्ने बताउनुभयो । अन्य बिषय कार्यसुचीमा राखे अवरोध नगर्ने भन्दै उहाँले संशोधनबारे छलफल गराउन प्रयास गरेमा बिरोध कायमै राख्ने बताउनुभयो । प्रतिपक्षी दलको बिरोधकाबीच बाबजुद संबिधान संशोधन विधेयक हिजो ससद बैठकमा पेश भएको थियो । विधेयकले मुलुकको हित नगर्ने भन्दै एमाले लगायत ९ दलले लामो समयदेखि बिरोध गर्दै आएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org