विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गर्छौं : मन्त्री नायक
काठमाडौँ, २५ पुस । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर भए पनि पारित गराउने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले संविधान संशोधन गरेर निर्वाचनमा जान राजनीतिक समझदारी आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सबै राजनीतिक दललाई सहमतिमा लिएर चाँडै नै निर्वाचनको मिति घोषणा गर्न परिमार्जन गर्नुपरे पनि आवश्यक छलफल गर्न सकिन्छ ।”
जनताको आवश्यकतालाई हेरेर राजनीतिक दलहरु अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री नायकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राजनीतिक दलहरुबीचको सम्झौताको दस्तावेज संविधान भएकाले संविधान संशोधनका लागि दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
नेता गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नै सहमतिमा बनेको संविधानलाई कुल्चन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो – “कुनै पनि संविधान सर्वस्वीकार्य नहुने हुँदा समय र परिस्थितिअनुसार परिमार्जन गर्न सकिन्छ ।”
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले संसद्मा टेबुल भएको विधेयक अलोकतान्त्रिक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रुपान्तरित संसद्लाई प्रदेशको सीमाङ्कनको अधिकार छैन कसरी सीमाङ्कनको हेरफेरको कुरा आयो ?”
मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले संसद्मा दर्ता भएको विधेयकले दलहरुबीच सहमतिको ढोका खोलेको बताउनुभयो । उहाँले संसद्मा दर्ता भएको विधेयकलाई परिमार्जन गरे मधेसी दलले सहयोग गर्ने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...