कसरी तोकूँ म आफ्नो शरीरको मूल्य ?
जनयुद्ध दीर्घकालीन भयो–भएन समयले बताउला तर त्यसमा सहभागी भएकाहरूलाई परेको असरचाहिँ पक्कै नपुरिने घाउ बन्यो । सशस्त्र द्वन्द्वमा आफ्नो १० वर्ष लगानी भएकाले सायद यो असरबाट म पनि अछुतो रहिनँ । त्यसैले सदाझंै नियमित डाक्टरकोमा चेकअप गरेर फर्कंदै थियांै । रत्नपार्कमा कोटेश्वरको गाडी कुरेर यस्तै ५ बजेतिर बसिरहेका थियांै । हेर्दा बौद्धिकजस्तो, सभ्य पनि लाग्ने एउटा अधबंैसे पुरुष हाम्रोअगाडि गाडी रोक्न आए र कति भन्ने प्रश्न तेस्र्याए । शुरुमा त केही बुझिनँ, अपरिचित व्यक्ति भएकाले खास चासो राख्नुपर्ने पनि थिएन । दोस्रोपटक मेरो छेउको साथीलाई सोही प्रश्न तेस्र्याए, यतिबेलासम्ममा हामीले कुरा बुझ्यौं । दुवैले एकार्काको अनुहार हे¥यौं । शायद सेकेण्डभरमा हाम्रो शरीरबाट एक माना पसिना झ¥यो होला । नीलोकालो भयांै र भन्यांै– शायद हजुर गलत ठाउँमा पर्नुभयो † अहिलेसम्म हामीले आफ्नो शरीरको मूल्य तोकेका छैनांै । हाम्रो जवाफले लाज मान्नु त कता–कता किन संकेत गरेको त भनेर भुत्भुताउँदै बाटो लागे । मैले साथीलाई कम्तीमा दुई झापड दिऊँ भनेको तर पेशागत आचरणले दिँदैन भनेर पछि हट्यौं । ती भद्र महामहिम अल्लि अगाडि गएर रोकिए, जहाँ सडकपेटीमा जीवन गुजार्ने १२÷१३ वर्षकी, खुट्टामा चप्पल पनि नलगाएकी, लामो मैलो कुर्ता सुरुवाल भएकी, पातली ख्याउटे नानीलाई फकाएर अगाडि बढे । हामी दुई कानुनका विद्यार्थी, निरीह प्राणीजस्तो टुलुटुलु हेरिरह्यौं । गाउँमा जन्मे÷हुर्केका, शरीरको मूल्य वा देह व्यापारबारे सुनेका तर दिनदहाडै यसरी खुलेआम मानिसले शरीरको मूल्य सोध्ने कहिल्यै कल्पना पनि नगरेका चेलीहरू यस्तो फन्दामा प¥यांै । सशस्त्र द्वन्द्वमा मारिएका वा बेपत्ता पारिएका व्यक्तिलाई राज्यले क्षतिपूर्ति भनी झारा टार्ने काम गर्दा मैले सधैं जीवनको सोधभर्ना रकमले हुनै सक्दैन, बाँच्नका निम्ति राहत त हुन सक्ला तर रकम र मान्छे एउटै होइन । यदि, त्यसो हो भने तिमीले दिएको रकम फिर्ता दिन्छांै, हामीलाई आफ्ना मान्छे फिर्ता देऊ भनेर असहमति जनाएँ तर आज जिउँदै मेरो शरीरको मूल्य सोध्दै छन् अधबैंसे पुरुषहरु । मरेको मान्छेको मूल्य हुँदैन भनेर सधंै बहस गर्ने म आज जिउँदै आफ्नो मूल्य सोधिँदा नाजवाफ छु । उफ् मेरो काठमाण्डु ! मेरो आशाको महल ! मलाई माया गरेर हुर्काउने आफ्नो बुबा पुरुष, दादा पुरुष, कहिल्यै चर्को नबोल्ने श्रीमान् पुरुष अनि मेरो शरीरको मूल्य सोध्ने पनि पुरुष नै । हजारौं मृत्यु छलेर बाँचेकी मैले आफ्नो जीवनको मूल्य कसरी तोकूँ ! सोच्यौं, एकपटक त्यो बालिकालाई खोसेर पुलिस गुहारौं तर पुलिसले उल्टो त्यही नानीलाई खिसिट्युरी गर्लान् । उनैले भन्लिन्, ‘रहरले गएँ त अरूलाई के चासो ?’ तर त्यति सानी नानीलाई पनि छाडेनन् अधबैंसेले । जसलाई आमाबाबुको न्यानो काख चाहिएको थियो, बेलामा खाने तातो–चिसो चाहिएको थियो अनि २ अक्षर चिन्ने रहर थियो तर उनले त्यो त पाइनन् नै जवानीमा प्रवेश नै नगरी आफ्नो कौमार्य गुमाउँदै थिइन् । फेरि हाम्रो समाज र सभ्य देखिने प्रतिष्ठित व्यक्तिले भन्नेछन्, त्यो केटी नै खराब छे । जब–जब महिला बलात्कृत हुन्छन्, हाम्रा बुद्धिजीवी छोटो, उत्ताउलो र भड्किलो कपडा लगाएर पुरुषलाई आकर्षित गर्नेमाथि घटना नघटे कस्तामाथि घटोस् भन्छन् । घरभित्र बाहेक विरलै गर्मीमा पनि आधा बाहुला कपडा लगाउने म र मेरी साथी । कहीँ–कतै भड्किलो डे«स पनि थिएन, किन ती अधबैंसेले शरीरको मूल्य सोध्न आए ? किन त्यति सजिलै ती अवोध बालिका जो पेटीमा जीवन गुजार्छिन्, लाई टपक्क टिपी गाडीमा हालेर टप्किए ! बिहे उमेर कम्तीमा २० वर्ष भनेर तोकिए पनि सडकको बास भएकाहरूको कसले संरक्षण र सुरक्षा गर्ने ? यदि, सिष्टमले काम गरेको हुँदो हो त रत्नपार्कजस्तो सार्वजनिक स्थानबाट पुलिसकै आँखाअगाडि ती नानी त्यो स्वाँठबाट कसरी लुटिन्थिन् र हामीजस्तो बाटोमा हिँड्नेहरूको शरीरको मूल्य सोधिन्थ्यो ? जनआस्थाबाट
Comments
अरु समाचार
-
पूर्वएआईजी श्यामलाल ज्ञवालीविरूद्व अख्तियारमा उजुरी
– न्यूज नेपाल (विशेष सम्बाददाता) काठमाडौं । अनेकौं आर्थिक अनियमितता, लेनदेन, घुस र विवादमा तानिएका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
आजको राशिफलः २०८१ साल भदौ भदौ ३ गते सोमबार
मेषः रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्...
-
‘ट्रम्पमाथिको हत्याको योजना वैश्वीकतावादीहरुको हतास मनस्थितिको उपज’
-अलेक्जेन्डर दुगिन ट्रम्पको हत्या प्रयास धेरै नै पूर्वानुमानयोग्य थियो । यो सबै कुराको योजनाकार वैश्विकतावादी र तिनीहरूको समर्थन गर्ने डीप...
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
गणतन्त्र नेपाली जनताका लागि महत्वपुर्ण छ, त्यसैले यसलाई फलाउन, फुलाउन र जोगाउन लागौँ: अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै...
-
‘‘मृत्युको प्रमुख कारण बन्दैछ मस्तिष्क रक्तश्राव’’–डा राजीव झा
काठमाडौं । मस्तिष्क यस्तो अङ्ग हो, यसमा एकपटक समस्या भएपछि पूर्णरुपमा समाधान हुन कठिन हुन्छ । मस्तिष्क लचकदार एवं खुम्चन...
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...