ताजा समाचार

कुकुरको फिरौती पनि बीस लाख ?

अब मानिसमात्र नभई कुकुर पनि अपहरणमा पर्न थालेका र फिरौतीको शिकार बन्न थालेका छन् । हो, आयरल्याण्डमा एक कुकुर अपहरणमा परेको छ । आयरल्याण्डको त्यस कुकुरको अपहरणपछि मालिकसँग २० लाख रुपैयाँ फिरौती मागिएको छ । आयरल्याण्डको जोय ब्रोचेरटको पाल्तु कुकुर केही समय अगाडिदेखि हराइरहेको थियो । उनले आफ्नो कुकुर भेटेर ल्याउनेलाई ५ हजार पाउण्ड पुरस्कार दिने घोषणा समेत गरेका थिए । तर, एउटा मानिसले फोन गरेर १५ हजार पाउण्डको फिरौती मागेको थियो । फिन नाम गरेको त्यस कुकुरलाई छुटाउन त्यत्रो रकम दिन नसक्ने मालिकले बताएका थिए । अनेक आग्रह गर्दा पनि ती कुकुर अपहरणकारीले १५ हजारभन्दा कम नलिने बरु कुकुरलाई मारिदिने धम्की दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org