ताजा समाचार

कविताःअङग्रेजी प्रोफेसर

हिउँ जस्तै सेतो कपाल

ठूलो पावरदार चस्मा
मिलेको जीउडाल
उनी छन अङग्रेजीका प्रोफेसर
विश्वविद्यालयको पहिलो दिन
उनले अङग्रेजी मै दिए
लेक्चर,
मैले नुझेरै टाउको हल्लाए
साथीहहास्दा म पनिहासिदिए
उनले सुनाए जीवनदर्शन र
पाश्चात्य साहित्यका कुरा अङग्रेजीमै
मैले केहीनबुझेर धेरै कुरा बुझेझै
तालीबजाए सहपाठीहरु संगै मुस्कुराए

एक दिन मैले उनलाई
नपाली मै सोधे
सर के तपाई
अङग्रेजी मै सपना देख्नु हुन्छ ?
अङग्रेजीमै मन मनै बात गर्नु हुन्छ ?
कथा, कवितापनिअङग्रेजी मै देख्नु हुन्छ ?
कितपाई सास पनिअङग्रेजी मै फेर्नु हुन्छ ?

सबै विद्यार्थीहरु गल्लल हाँसे र
कक्षामा शून्यता छायो
ती प्रोफेसरबाट उत्तरको सट्टामा
‘यु’ ‘ननसेन्स’ ‘स्ट्याण्ड अप’
भन्ने गालीआयो ।

अर्को दिन मैले फेरी
प्रश्न गरे त्यापनि नेपालीमै
सरअङग्रेजीनजाने के हुन्छ ?
के जीवनको ढोका बन्द हुन्छ ?
के सारा संसार अन्धकार हुन्छ ?
मान्छे निकम्बा हुन्छ?
उनले त्यो प्रश्नको पनिउत्तर दिएनन्
तर मन मनै भने होलान कस्तो
कामनलाग्ने अङग्रेजी पनि नजान्ने
सिल्ली र पाखे विद्यार्थी रहेछ ।

अङग्रेजी प्रोफेसरको ४५ मिनेटको कक्षा
मलाई ठूलै सजाय जस्तो लाग्छ
उनी आफ्नै सुरमा बर्बराउछन्
मलाईअङग्रेजीले साहै निन्द्रा लाग्छ
हो जुनदिनउनको कक्षाखाली हुन्छ
त्यसै दिन मात्र विश्वविद्यालयको
सजायबाट मुक्ति पाए जस्तो लाग्छ
मनले भन्छ कस्तो शिक्षा लिदैछौं हामी
कस्तो सर्टिफिकेट बाढ्दैछ विश्वविद्यालय
अलमलमा छन् म जस्ता कयौं विद्यार्थीहरु
म भन्दा पनि अलमलमा छन्  ति प्रोफेसर ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org