ताजा समाचार

 २८ महासेनानी सरुवा भए,को कहाँ ? [सूचीसहित]

काठमाडौं २८ पुस ।  सरकारले एकै पटक २८ महासेनानीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवारको बैठकले सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी कुमार लामालाई सहायक बाहिनीपति बाहिनी अडडामा, एक नम्बर बाहिनी अडडाका महासेनानी आनन्दकुमार अधिकारीलाई सैनिक इण्टिेलिजेन्स महानिर्देशनालयमा, विकास निर्माण महाशाखाका महासेनानी सञ्जय थापालाई सहशिक्षाधिकृत नेपाली सैनिक प्र्रतिष्ठानमा, सैनिक अभिलेखालयका महासेनानी मिनध्वज खडकालाई सहनिर्देशक सैनिक निर्देशनालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी नेपाली सैनिक प्रतिष्ठानका महासेनानी अरुणकुमार पाललाई सैनिक इन्टेलिजेन्स महानिर्देशनालयमा, सैनिक स्टाफ कलेजका महासेनानी सहदेव खड्कालाई सहायक बाहिनीपति चार नम्बर बाहिनी अडडामा, २६ नम्बर बाहिनी अड्डाका महासेनानी हिरालाल जोशीलाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ।

सँगै चार नम्बर बाहिनी अड्डाका महासेनानी राम राणालाई शिकायत जाँच निर्देशनालयमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी लवकुमार रायमाझीलाई सहायक बाहिनीपति २४ नम्बर अड्डामा, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका महासेनानी दीपककुमार बानियाँलाई मध्यपृतना हेडक्वाटरको पृतना सह चिफ अफ स्टाफमा, राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयका महासेनानी विजय थापालाई सुदूरपश्चिम पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा, मानवअधिकार निर्देशनालयका महासेनानी शंकरबहादुर पण्डितलाई पूर्वी पृतना हेडक्वाटरको पृतना सहचिफ अफ स्टाफमा सरुवा गरिएको छ ।

शान्ति सेना सञ्चालन निर्देशनालयका महासेनानी सुशीलकुमार भण्डारीलाई अभिलेखपति सैनिक अभिलेखालयमा, सैनिक संगठन निर्देशनालयका महासेनानी बिष्णु राउतलाई दुई नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी सन्तोष बल्लभ पौडेललाई एक नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, सुदूरपश्चिम पृतना हेडक्वाटरका महासेनानी पवनराज घिमिरेलाई राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालय, युद्धकार्य निर्देशनालयको बलाधिकृत विभागका महासेनानी चोकबहादुर ढकाललाई सैनिक इण्टेलिजेन्स महानिर्देशनालयमा सरुवा गरिएको छ ।

मध्ये पृतना हेडक्वाटरका महासेनानी सुनिल श्रेष्ठलाई सैनिक इन्टकोर पतिमा, २१ नम्बर बाहिनी अड्डाका महासेनानी विनोद खरेललाई युद्धकार्य निर्देशनालय बलाधिकृत विभागमा, सैनिक उच्च शिखर शिक्षालयका महासेनानी इन्द्रबहादुर रायमाझीलाई २२ नम्बर बाहिनी अड्डाको सहायक बाहिनीपतिमा, २२ नम्बर बाहिनी अड्डाका महासेनानी ध्रुवप्रकाश शाहलाई पिएसओज कार्यालयको सचिवमा, सुदूरपश्चिम पृतना हेडक्वाटरका महासेनानी यामबहादुर सापकोटालाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा, १८ नम्बर बाहिनी अड्डाका महासेनानी पुरुषोत्तम ढकाललाई सैन्य तालिम केन्द्रको केन्द्रपतिमा, वीरेन्द्र अस्पतालका महासेनानी भगवान खत्रीलाई गुणस्तर नियन्त्रण निर्देशनालयमा सरुवा गरिएको छ ।

२ नम्बर बाहिनी अडडाका महासेनानी सन्तोषराज पाण्डेलाई विशेष फौज बाहिनीको सहायक बाहिनीपतिमा, पूर्वी पृतना हेडक्वाटरका महासेनानी सुनिलराज बिष्टलाई सैनिक उच्च शिखर शिक्षालयको प्रमुख शिक्षाधिकृतमा, १८ नम्बर बाहिनी अड्डाका महासेनानी भरतचन्द्र गुरुङलाई १८ नम्बर बाहिनी अड्डाका सहायक बाहिनीपतिमा, पूर्वी पृतना हेडक्वाटरका महासेनानी गंगाराज मुकारुङलाई विरेन्द्र अस्पतालको प्रशासन रजिष्ट्रारमा सरुवा गरिएको छ । 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org