ताजा समाचार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जाजरकोट २९ पुस । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढिमे गाविसको वडा नं.१ दम्दाला चुइकमा टयाक्टर दुर्घटना हँुदा वर्दिया निवासी २५ वर्षीय हरिबहादुर पुनको घटना स्थलमा मृत्यु भएको छ । दुर्घटनामा परि ट्याक्टर चालक हस्तबहादुर बुढा सामान्य घाईते भएका छन ।
जाजरकोटको सदरमुकाम खंलगादेखि जिल्लाको उत्तर गाविस ढिमेको खुर्पासम्मका लागि विद्यार्थीहरुलाई दिवा खाजाको रुपमा खुवाइने पौष्टिक आहार लिएर गएको भे १ त ५७०७ नम्बरको ट्याक्टर बिहिबार बिहान ११ बजे तिर जाजरकोट जुम्ला सडक अन्तरगत दम्दालाको चुइकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । ट्याक्टर जाजरकोट जुम्ला सडक वाट २५ मिटर तल खसेको प्रहरी जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org