पीडित कैदीबन्दी भन्छन् – ‘मर्नलाई जाने हो र जेल ?’
सिन्धुली जिल्ला कारागारमा दैनिकजसो सामान्य कैदीबन्दीहरु नाइके, चौकीदारको कुटाई खाइ अंगभंग हुनुका साथै बिरामी परेर स्थानान्तरण हुन बाध्य छन् । केही महिनाअगाडि नेपाली सेनाका एक जवान सामान्य मुद्दामा कैदमुक्त हुन लाग्दा चौकीदार डम्बर श्रेष्ठ, नाइकेहरु अन्सी राइन, यम्बर तामाङ, विदुर कार्की र गणेशले निर्घात कुटपिट गरेका थिए । सिडिओलाई घटनाबारे तत्काल जानकारी गराउँदा उल्लेखित व्यक्तिहरुलाई कारागार स्थानान्तरण गरी कारागारमा कसैलाई पनि यातना नदिन कारागार कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । जेलर मातृका पहाडीले पनि पीडितलाई सान्त्वना दिएका थिए । तर केही कारबाही नभएपछि पीडितले कारबाहीको माग राख्दै कारागार व्यवस्थापन विभागमा मिति ०७३ मंसिर ५ मा दर्ता नं. १७४० मा निवेदन दर्ता गराए । सोही व्यहोराको निवेदन मानवअधिकार आयोगमा मंसिर ७ मा दर्ता गराएपछि दुवैतिरबाट घटनाको यथार्थ विवरण पठाउन पत्राचार भयो तर जेलरले जानकारी नपठाई उल्टै थुनिदिने धम्की दिँदै आएका छन् । कारागार व्यवस्थापन विभागको तीनवटा पत्रको पनि जवाफ पठाएका छैनन् । कारागार ऐनविपरीत कर्तव्य ज्यान मुद्दाका अन्सी राइनलाई मूलनाइके बनाई चौकीदार बनाइदिने भन्दै भर्खरै शिवचन्द्र यादवबाट पहाडीको राष्ट्रिय वाणिज्य बैंकको खातामा पाँच लाख रुपैयाँ हाल्न लगाएका छन् । केही समय यस्तै भए यस कारागारमा ठूलो घटना घट्नसक्नेतर्फ सम्बन्धित प्रशासनको ध्यान पुगोस् ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...