ताजा समाचार

एमाले मोरङको अध्यक्षमा ढकाल निर्वाचित,पदाधिकारीमा ढकाल पक्षकै बर्चस्व

विराटनगर, २९ पुस । एमाले मोरङको अध्यक्षमा विनोद ढकाल निवाएचित भएका छन् ।

ढकालले ५४१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रत्यासी महेश रेग्मीले ३३४ मत प्राप्त गरे । विहीबार राति सकिएको मतगणनाअनुसार ढकालले रेग्मीलाई २०७ मतले पछि पारेर विजयी बनेका हुन् ।

नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएपनि मतगणना भने विहीबार दिउँसो १ बजेमात्र सुरु भएको थियो । अन्य पदाधिकारीमा पनि ढकाल पक्षकै धेरै विजयी बनेका छन् । पदस्थापन शुक्रबार अढाई बजे हुनेछ । उपाध्यक्षमा रामलाल साह, सचिवमा ऋषि पोखरेल र सहसचिवमा घना तामाङ विजयी भएका छन् । सबै ढकाल प्यानलमा हुन् ।

 

उपाध्यक्ष

रामलाल साह ६४९ सत्यनारायण ३५७

सचिव
ऋषि पोखरले ५०७, विद्या चाम्लिंग ३३८

सहसचिव
घना तामाङ ४५८, राजकुमार ओझा ३४६

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org