मधेस आन्दोलनको दशक : किन अशान्त छ मधेस ?
दोस्रो जनआन्दोलन लगत्तै २०६३ माघमा मधेशमा ठूलो आन्दोलन भयो । मधेस मुलका जनताले सदियौंदेखि आफुहरु राज्यको उत्पीडनमा परी आफ्नो अधिकार सुनिश्चित नहुन्जेल आन्दोलन नरोक्ने भन्दै आन्दोलन चर्काएका थिए । करिब तीस दिन भन्दा बढि समय मधेसमा आन्दोलन चल्यो । आन्दोलनमा ३५ जनाभन्दा बढि मधेशी युवाहरुले बलिदान दिएका थिए ।
सुरुमा राज्यले त्यति चासो नदेखाएको मधेस आन्दोलनले व्यापक रुप लिन थालेपछि राज्यको ध्यान मधेसतर्फ गयो । त्यस अघि मधेसका बिषयमा त्यति खुलेर नलेख्ने मिडियाहरुले खुलेर लेख्न थाले । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दुईदुई पटक सम्बोधन गरेपछि मात्र आन्दोलन रोकिएको थियो । कुनै पनि राजनितिक दलको आह्वानविना भएको यो आन्दोलन मधेश आन्दोलनको पहिलो इतिहास हो । मधेश आन्दोलन राष्ट्रिय पहिचान, सामाजिक न्याय, स्वाभिमान र राज्यका बिभिन्न तहमा उचित अवसर प्राप्तिकालागि मधेस मुलका जनताले स्वतस्फुर्त रुपमा गरेको आन्दोनल थियो । मधेश आन्दोलनले नै अन्तरिम संविधानमा संघीयता शब्दलाई स्थापित गराएको हो भने, राज्यको हरेक तहमा समावेशी प्रवेश हुने अवसर पनि मधेश आन्दोलनकै उपलब्धि हो ।
हुनत, माघ १ गते नेपालमा अन्तरिम संविधान जारी भएपछि, खासगरी मधेसका मुद्दाहरु संविधानमा व्यवस्था नगरिएको भन्दै मधेशी नेताहरुले काठमाडौंमा संविधान जलाए,सरकारले फोरमका केहि नेतालाई गिरफ्तार गरी मुद्दा चलायो । लगत्तै त्यसको बिरुद्वमा फोरमले मधेश बन्दको घोषणा गर्यो । त्यसैले मधेशमा आन्दोलनलाई उत्प्रेरणा दिने काम गरेको थियो । तत्कालिन भुमिका फोरमको भएपनि त्यसमा फोरमको नेतृत्व थिएन ।
लगातार तीस दिन भन्दा बढि समय मधेशमा आन्दोलन चलिरह्यो । यो आफैमा ऐतिहासिक छ । एकाध घटना बाहेक यो आन्दोलन शान्त नै थियो । आन्दोलनमा सबैले संमयमता अपनाएका थिए । २०६३ साल पछि पनि बेलाबेलामा मधेसमा आन्दोलनहरु भैरहेका छन् । त्यसपछि मधेस स्थिर हुन सकेको छैन । २००८ सालबाट मधेसका नाममा राजनीति सुरु गरेका बेदानन्द झा हुन् या अहिलेका मधेश केन्द्रित राजनीतिक दलका नेताहरु सबैले मधेशलाई सत्तामा जाने भ¥याङको रुपमा मात्र उपयोग गरेका छन्, जुन अहिले मधेशी दलहरुको परम्परानै बनीसकेको छ । पहिलो संविधानसभामा मधेशबाट दुई/चार वटा मधेशवादी दलले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । अहिले त्यो संङ्ख्या बढेर एक दर्जन पुगेको छ । मधेशी दलको सत्ता स्वार्थ पनि मधेश अस्थिरताको कारण देखिन्छ ।
मधेस आन्दोलन मार्फत् पहिलो संविधानसभामा देशको चौथो ठूलो पार्टीको रुपमा उदाएको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लामो समय एउटै पार्टीमा रहन सकेन । त्यसभित्रका केहि स्वार्थी ब्यक्तिहरुको कारण बिभाजित हुन पुग्यो । एजेण्डा र कार्यदिशा बिना नै फोरम नेपाल बिभाजित भयो । सरकारमा जाने या नजाने भनेर पार्टीमा मतभेद हुदैमा फोरम बिभाजित भएको ब्यक्तिगत स्वार्थको इतिहास हाम्रा सामु ताजै छ । मधेशी दलका नेताहरु एउटाले अर्कोलाई स्वीकार गर्न नसक्नु उनीहरुको कमजोरी हो ।
दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि, मधेसमा फेरि आन्दोलन भयो । पहिलो आन्दोलनको दश बर्ष नपुग्दै किन दोस्रो आन्दोलन हुने वातावरण बन्यो । किन पहिलो आन्दोलनमा जस्तो दोस्रोमा मधेशी दलले जनताको साथ पाउन सकेनन् ? किन सिमित ब्यक्तिले नाकामा अबरोध गरेर आन्दोलन गरे ? यो प्रश्न आफैमा गम्भीर छ । यो आन्दोलनमा पहिले को आन्दोलन जस्तो जनताको उपस्थिति देखिएन बरु तिनै नेता प्रति मधेशीहरु रुष्ट देखिन्थे, सामाजिक भन्दा पनि ब्यक्तिगत स्वार्थ हावी भएको प्रष्ट देखिन्थ्यो ।
अहिले पनि काठमाडौंका केहि नेताहरुमा मधेश र मधेशी जनतालाई हेर्ने दृष्टिकोण वदलिएको छैन। अझ नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी भारतले नाकाबन्दी लगाएपछि केही ब्यक्तिहरुको मधेशलाई हेर्ने दृष्टिकोण नै बद्लिएको छ । केहि मधेशी नेताहरुले राष्ट्रियता खतरामा पर्नेगरी भारतको इसारामा २०७२ सालमा आन्दोलन चर्काएकै हुन् त्यसमा भारतले सहयोग गरेकै हो । तर,सबै मधेशी नेतालाई भारतीय इसारामा चलेको आरोप लगाउनु गल्ति हुन जान्छ । अहिले आएर संघीयता लाई समेत राष्ट्रवादसँग जर्वरजस्ती जोडेर केहि ब्यक्तिहरुले मधेशलाई हेर्ने दृष्टिकोण बदलेका छन्,त्यो गलत छ ।
मधेश जनबिद्रोह भएको दशकसम्म पनि मधेसमा स्थिरता हुन सकेको छैन् । नत, मधेशी जनताको जीवनस्तरमा नै परिवर्तन आएको छ । आफूलाई मधेश राजनीतिको ठेकेदार सम्झने दुईरचार जना नेताहरु मालामाल बने । २०६३ साल पश्चात् पटकपटक मधेशी जनताहरु सडकमा आईरहेका छन् आखिर किन ? किन अस्थिर छ मधेस ? विभिन्न समयमा आन्दोलन भइरहँदा पनि किन मधेशी जनताको जीवनस्तर जस्ताको तस्तै छ ? यस बिषयमाथि गहन समिक्षा गर्नुपर्ने बेला आएको छ ।
इतिहास सच्याउन त सकिदैन तर,इतिहास खोतल्दै गल्ति सुधारेर अघि बढ्न सकिन्छ । अहिले मधेशी दल लगायत सम्पूर्ण राजनीतिक दलहरुले इतिहासको समीक्षा गर्नुपर्ने समय आएको छ । देशको आधा जनसंङ्ख्या रहेको मधेसमा अस्थिरता हुँदाहुदै त्यसलाई बेवास्ता गर्दै अघि बढ्नु गम्भिर गल्ती हुनेछ । अस्थिरतालाई बेलैमा व्यवस्थापन गरिएन भने,विस्फोट हुने पक्का छ । मधेस अस्थिरताको बिषयमा बेलैमा सबैले ध्यान केन्द्रित गरेर समस्या समाधान गरी अघि बढुन नै सबैको हित हुन्छ ।
लेखक समसामयिक विषय कमल चलाउँछन् । लेखकलाई @chal_nis मा भेट्न सकिन्छ ।
Comments
अरु समाचार
-
कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय नेता खड्ग राई
खडगबहादुर राई नेपाली राजनितिमा एक उदयमान नेतृत्व हुनुहुन्छ । विद्यार्थी कालदेखि आफ्नो उर्वर समय नेकपा एमालेका लागि खर्चिनु भएका उहाँ...
-
रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
नेपालमा जनसङ्ख्या – ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय (विचार)
काठमाडौं । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको...
-
ज्येष्ठ नागरिक समाजका जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको...
-
नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’
नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको...
-
साहसिक पर्यटन ‘ट्रेकिङ’: बढ्दो आकर्षण, केही चुनौती
काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा...
-
१६ औँ योजनाः लक्ष्यमै केन्द्रित दिगो विकास
काठमाडौं । मन्त्रिपरिषदको बैठकले १६ औँ पञ्चवर्षिय आवधिक योजनाको अवधारणापत्र स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पहिचान...
-
नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र: सुरक्षाविद् थापा
काठमाडौं । सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक...