ताजा समाचार

पोखराको पर्यटकीय विकासले देशकै विकासमा महत्व राख्छ : उपप्रम महरा

 

पोखरा, २ माघ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने बताउनुभएको छ ।

स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै उहाँले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव मूर्तिसहितका संरचनामा सरकारले सहयोग गर्ने उल्लेख गर्दै उहाँले विकास निर्माणमा राज्य, निजी क्षेत्र र स्थानीय समुदायको सहकार्य आवश्यक हुनेमा जोड दिनुभयो ।

प्राकृतिक सौन्दर्य नगरी पोखरामा रहेका प्राकृतिक स्रोतको भरपुर उपयोग गरेर थप पर्यटकीय गन्तव्य निर्माण गर्नुपर्ने बताउँदै उहाँले आन्तरिक एवम् बाह््रय पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारीको सिर्जना गर्ने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले एक विदेशी पर्यटक बराबर १२ जनाले रोजगार पाउने बताउँदै विशाल महादेवमूर्ति स्थापनाले पर्यटकको एक दिनको बसाइँ लम्ब्याउन सहयोग पुग्ने बताउनुभयो ।

पुम्दीकोट विशाल महादेवमूर्ति निर्माण तथा उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिका संयोजक चन्द्रकान्त बरालले ‘समृद्धि र विकास बेरोजगारी र विदेश पलायनको निकास’ भन्ने लक्ष्यका साथ सुरु गरिएको धार्मिक एवम् पर्यटकीय क्षेत्र निर्माणमा सरकारी पक्षबाट उचित सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

समुद्री सतहबाट एक हजार पाँच सय मिटरको उचाइमा रहेको लगभग १८ रोपनी क्षेत्रफलमा फैलिएको सो कोटमा महादेवकोमूर्ति, योगसाधना कक्ष, बगँैचा, बन्ने भएको छ । विगतमा लगभग रु २१ करोड लाग्ने अनुमान भए पनि पछिल्लो समयको मूल्यवृद्धिलगायतका कारणले लागत बढ्ने अनुमान गरिएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org