दैनिक २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्दै यातायात मन्त्रालय
भक्तपुर, २ माघ । यातायात व्यवस्था विभागले जगातीबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम गर्ने गरी आजबाट शाखा कार्यालय खोलेको छ ।
अरनिको राजमार्गसँगै रहेको सो कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्नुभएको हो ।
देशभरीका सवारी चालक अनुमति पत्र अनलाइनबाटै दिन सरकारले तयारी गरेको बताउँदै उहाँले भन्नुभयो–“सवारी चालक अनुमति पत्रका लागि एउटा फाराम लिन समेत १५ घन्टा लाइन बस्नुपरेको मैले देखे, त्यस्तो समस्या अब अन्त्य गर्न सरकारले सवारी चालक अनुमति पत्र लिने, नवीकरण गर्नेदेखि यातायातका समग्र व्यवस्थापन अनलाइनको माध्यमबाटै गर्ने तयारी गरेको हो ।”
अहिले दिनमा पाँच सयवटा अनलाइन फारम दर्ता हुने गरेकामा अब उपत्यकाका चारवटै शाखाबाट दैनिक ५०० का दरले दिनमा २००० अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको बताउँदै उहाँले अब लामो लाइनमा बस्ने झन्झट नहुने बताउनुभयो ।
अहिले मन्त्रालयले कार्यालय विस्तार र अर्को अनलाइन सेवालाई देशभर विस्तार गर्न लागेको बताउँदै उहाँले कार्यालय बढेअनुसार ट्रायल सेन्टर बढाउन पनि सुझाव दिनुभयो ।
कार्यालयमा अनियमितता रोक्न निर्देशन दिँदै मन्त्री लेखकले भन्नुभयो–“जहाँ भीड हुन्छ, त्यहीँ अनियमिमता हुँदो रहेछ, केही कर्मचारी लोभमा पनि फस्दा रहेछन्, त्यसले पनि कामलाई बाधा पुग्दोरहेछ, अब आजको काम आजै र केही घन्टाभित्रै हुने गरी काम गर्नुस्, अनियमितता र लोभमा परेमा त्यस्ता कर्मचारीलाई कारबाही गरिन्छ ।”
सचिव धनबहादुर तामाङले अब यातायात सम्बन्धी सबै काम सहज ढङ्गले हुने र जनताले दुःख भोग्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो ।
ललितपुरमा पनि कार्यालय सञ्चालनमा ल्याइसकेको र अब केही दिनमै चाहबिलमा पनि कार्यालय सञ्चालनमा ल्याउने बताउँदै उहाँले उपत्यकाका चारवटै कार्यालयमध्ये जहाँबाट पनि सेवा लिन सकिने बताउनुभयो ।
कार्यक्रममा यातयात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निकट भविष्यमा उपत्यका बाहिर थप कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो । यातायात व्यवस्था कार्यालयका प्रमुख अनुज घिमिरले भोलि सोमबारबाट सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने र नेपालीकरण गर्ने कार्यको सुरुवात हुने बताउनुभयो ।
नयाँ अनुमतिपत्रको लागि भने कम्तीमा दुईसाता लाग्ने बताउँदै उहाँले कार्यालयले मापदण्ड पुगेको प्रयोगात्मक परीक्षा (ट्रायल) दिने स्थानको खोजी गरीरहेकाले तत्कालै नयाँ सवारी चालकको अनुमतिपत्र प्रदान गर्न कठिन भएकोे बताउनुभयो । रासस
Comments
अरु समाचार
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
पेट्रोलकाे प्रतिलिटर चार र डिजेलको पाँच रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको...