ताजा समाचार

कोहलीद्धारा सचिनको कीर्तिमान भंग

पूणे २ माघ । भारतीय कप्तान विराट कोहलीले आफ्नो आर्दश तथा भारतीय क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकरको एउटा कीर्तिमान भंग गरेका छन्। रन पछ्याउने क्रममा विजयी सतक बनाउने सचिनको कीर्तिमानलाई आइतबार कोहलीले तोडेका हुन्।

विराटले पहिलो एकदिवसीयमा कप्तानी गर्ने क्रममा इङ्ल्यान्डलाई ३ विकेटले पराजित गर्न १ सय २२ रनको सतकीय इनिङ खेलेको थिए। उनले भारतलाई रन पछ्याएर विजय दिलाउने क्रममा १५ सतक पुरा गरेका हुन्। यसअघि रन पछ्याएर भारतलाई विजय दिलाउने क्रममा सर्वाधिक सतक बनाउने कीर्तिमान सचिनको नाममा थियो। सचिनले १४ सतक पुरा गरेका थिए।

एकदिवसीय क्रिकेट खेल्न थालेपछि विराटको उपस्थितिमा भारतले ३ सयभन्दा बढिको योगफल ८ पल्ट सफलतापूर्वक पछ्याएको छ। यसमा भारतलाई जित दिलाउन ६ पल्ट विराटले सतक बनाएका छन्।

भारतविरूद्धको पहिलो एकदिवसीयमा इङ्ल्यान्डले ७ विकेटको क्षतिमा ३ सय ५० रन बनाएको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौं पल्ट कुनै देशले सफलतापूर्वक ३ सय ५० भन्दा बढि रन सफलतापूर्वक पछ्याएको हो। यसमा भारतले तीन पल्ट जित सम्भव पारेको छ। भारतले २०१४–२०१५ को भारत भ्रमणमा अस्ट्रेलियाविरूद्ध जयपुरमा ३ सय ६० र ३ सय ५१ नागपुरमा सफलतापूर्वक पछ्याएको थियो। यी तीनवटै अवसरमा विराटले सतक बनाएका छन्।एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org