ताजा समाचार

धनकुटामा विवाहको गाडी दुर्घटना,३ को मृत्यु ७ घाइते

धनकुटा २ माघ । धनकुटाको फाक्सिब- ६ मा आइतबार राति विवाहको दुल्हन फर्काउन जॉदै गरेको सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

मोरङ जिल्लाको केराबारी ७ बाट फाक्सिबतर्फ गइरहेको को.१ च ८१८ नं.को ल्याण्डरोभर भीरबाट करिब १ सय मीटर झर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा केराबारीका २३ वर्षीय मिलन मगर, ३० वर्षीय विक्रम मगर र २५ वर्षका अनिता राईको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । यसैगरी ७ घाइतेमध्ये आरती मगर, किरण मगर, शिषिर मगर र विकाश राईको गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किएका छन् । 

फाक्सिक १ का दिलिप लिम्बुको ससुराली घर जॉदै गरेको उक्त सवारी साधन सडकमा अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय लगायत भेडेटार र मुलघाटबाट प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेकोले अनुसन्धान भइरहेको उपरीक्षक भण्डारीले बताए । 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org