ताजा समाचार

शशि भवनमा प्रधानसेनापति क्षेत्रीले गरे पूर्व प्रधानसेनापतिहरुको गोप्य भेला

काठमाडौं, ३ माघ । राजनीतिक सहमती जुट्न नसकिरहेका बेला नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पूर्व प्रधानसेनापतिहरुसंग अर्थपुर्ण भेटघाट गरेका छन् । संविधान संशोधन र सिमानकंनको विषयलाई लिएर दलहरुवीच कटुता चुलिएका बेला प्रधानसेनापति क्षेत्रीले पूर्व प्रधानसेनापतिहरुसंग गरेको छलफललाई अर्थपुर्ण रुपमा हेरिएको सुरक्षाका जानकारहरु वताउँछन् ।

प्रधानसेनापतिको निजी निवास शशिभवनमा आइतवार राती भएको छलफलमा पुर्व प्रधानसेनापतिहरु अर्जुनरसिंह राणा, प्यारजंग थापा, प्रज्वलशमशेर राणा,रुकमाङगत कटुवाल,छत्रमानसिंह गुरुङ र गौरवशमशरेर राणालगायतको उपस्थिती थियो ।
प्रधानसेनापति क्षेत्रीले सामाजिक संजाल फेसवुकमा भेटघाटको पुष्टि गर्दै प्रधानसेनापतिहरुसंगको भेटघाट तथा छलफलले सवै मिलेर एउटा साझा मंच मार्फत देश,जनता र सेनालाई सम्बृद्धिको बाटोतर्फ डोर्याउने उत्प्रेरणा मिलेको बताएका छन् । उनले छलफलका क्रममा प्राप्त भएका अमुल्य सुझाव र अनुभवले भेटघाट निकै प्रेणादायी र ज्ञानवर्धक बनेको दावी गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सहायकरथी तारावहादुर कार्कीले भेघाटलाई सामान्य रुपमा लिनुपर्ने बताए । ‘यो नियमित भेटघाट हो, सहायकरथी कार्कीले भने, यसलाई फरक ढंगले वुझ्न जरुरी छैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org