ताजा समाचार

प्रभु बैंकले ६ महिनामै एक अर्ब ११ करोड कमायो

काठमाडौं। प्रभु बैंक लिमिटेडले एक अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले डुबेका कर्जाहरु उठाएर नाफा बढाएको हो। गत बर्षको पुससम्म बैंकको नाफा जम्मा ४० करोड ५६ लाख रुपैयाँ मात्र थियो।

पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रभुले खराव कर्जा अनुपातलाई पनि घटाएको छ। गत असोजमा साढे सात प्रतिशत रहेको खराव कर्जा पुसमा ४.८८ प्रतिशतमा झारेको छ।

बैंकले डुबेकोमध्ये एक अर्ब १३ करोड रुपैयाँ ऋण राइट ब्याक गरेको हो। बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४४ करोड रुपैयाँ छ। बैंकले साढे १८ करोड ऋणको नोक्शानी व्यवस्थापन गरेको छ।

बैंकसँग सर्वसाधारणको ७० अर्ब २१ करोड निक्षेप छ । बैंकले ५६ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ। बैंकको पूँजी कोष अनुपात १.१० प्रतिशत छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org